खाेज्नुहाेस

धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन

Image

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म १७ करोड एक लाख दुई हजार ७२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाका अनुसार सम्पत्ति कर, भूमिकर–मालपोत, बहालकर, व्यवसाय कर, नक्सापास दस्तुरलगायत विभिन्न स्रोतहरूबाट राजस्व संकलन गरिएको हो ।

navjiwan hospital

सम्पत्ति करबाट एक करोड ९२ लाख, भूमिकर–मालपोतबाट एक करोड २३ लाख, बहालकरबाट तीन करोड ५२ लाख, व्यवसाय करबाट दुई करोड ७९ लाख, नक्सापास दस्तुरबाट एक करोड ६५ लाख, अन्य राजस्वबाट तीन करोड ५२ लाख रुपैयाँ संकलन भएको छ ।

attariya hospital

गत आवको सोही अवधिको तुलनामा चालु आवमा ९५ लाख सात हजार आठ सय ७९ रुपैयाँ बढी राजस्व संकलन भएको छ । अघिल्लो वर्ष उपमहानगरले पहिलो छ महिनामा १६ करोड पाँच लाख ९४ हजार रुपैयाँ संकलन गरेको थियो ।
उपमहानगरका अनुसार करको दायरा फराकिलो पारिनु, कर संकलन प्रणालीलाई प्रभावकारी बनाइनु र निगरानी प्रणाली कडा पारिनुले राजस्व वृद्धिमा योगदान गरेको हो ।