लागु औषधको जालो भत्काउन अग्रसर बनौँ

maya metro hospital
सुदूरपश्चिममा लागु औषधको समस्या अहिले अत्यधिक चिन्ताको विषय बनेको छ । दैनिक जसो लागु औषध प्रयोगकर्ता र ओसारपसारकर्ताहरू पक्राउ पर्ने समाचार सुनिन थालेका छन् । सरकारले र सुरक्षा निकायहरूले यसको नियन्त्रणको लागि कडा कदम चाले पनि, समस्या भने घट्न सकेको छैन । लागु औषधको प्रयोग र ओसारपसार सुदूरपश्चिमको गाउँ–गाउँमा फैलिएको छ, र यसले सामाजिक, मानसिक र आर्थिक समस्याहरूलाई जन्म दिएको छ । लागु औषधको बढ्दो प्रयोगले युवा वर्गलाई प्रभावित बनाएको छ । यसले मानसिक स्वास्थ्यका समस्या, पारिवारिक विखण्डन, अपराधको वृद्धि र अन्य सामाजिक विकृति ल्याएको छ ।
attariya hospital
मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागू पदार्थ भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ । कानुनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागू औषध हो भने सुर्तीजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागूपदार्थ हो ।
सहरी क्षेत्र र खास गरी नेपाल–भारत सीमावर्ती सहरहरूमा यो समस्या बढ्दो मात्रामा रहेको पाइन्छ ।
सुदूरपश्चिमका तराईका जिल्लाहरू कैलाली र कञ्चनपुरमा यसको जालो बढी छ । सीमावर्ती सहरहरू पनि भएकाले यिनीहरूमा लागु औषध कारोबारी र ओसारपसारकर्ताहरू बढी मात्रामा पक्राउ पर्ने गरेका छन् । तर दिनहुँ जसो लागु औषधमा संलग्नहरू पक्राउ परेका खबर आईरहेपनि अझै पनि त्यस्ता खबरहरूमा कमी आइरहेको छैन । प्रहरीले पक्राउ गरेकाहरूलाई नियमानुसार आवश्यक कारबाही गर्ने गरेको छ । तर न्यून मात्रामा मात्रै लागु औषध फेला पर्ने भएका कारण पक्राउ गरे पनि छोटो समयमै छुट्ने हुँदा उक्त विषयलाई न्यूनीकरण गर्न सकिएको अवस्था छैन ।
प्रहरीले दिनहुँ लागू औषध प्रयोगकर्ता र केही कारोबारीहरूलाई पक्राउ गरिरहेको भए पनि अझै पनि यसको निक्र्याैल हुन सकेको छैन । नजिकै सिमानाका भएकाले पनि यहाँ लागू औषधको जालो भत्काउन प्रहरीले मात्रै सक्ने अवस्था छैन । तसर्थ यसमा सबैको हातेमालो आवश्यक छ । लागू औषधका सामान्य कारोबारीहरूलाई मात्रै नभई ठुला व्यापारीहरूलाई पनि कारबाहीको दायरामा ल्याउन सके केही हदसम्म लागू औषधको कारोबार कम गर्न सकिन्छ । लागू औषधले व्यक्ति र परिवारलाई मात्रै नभई समाजलाई पनि नराम्ररी बिथोल्ने भएकाले यसको नियन्त्रणमा सबैले लाग्न जरुरी छ । सुदूरपश्चिमको लागु औषध समस्या जडबाट नष्ट गर्न सबै समुदायको सक्रिय सहभागिता र दृढ इच्छाशक्ति आवश्यक छ । सरकार, सुरक्षा निकाय र समुदाय मिलेर यस समस्यामा कडा कदम चाले मात्र यसलाई नियन्त्रणमा ल्याउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.