खाेज्नुहाेस

सुदूरपश्चिम सशस्त्र प्रहरी परिवार महिला संघद्धारा सेभ हाउसलाई सहयोग

Image

बबिता पाल, अत्तरिया – सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघले महिला तथा बालबालिका सेभ हाउसलाई सहयोग गरेको छ । सोमबार २४ औँ सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा संघले गोदावरी नगरपालिका – २ मा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई स्टेशनरी तथा लत्ताकपडा सहयोग तथा सामूहिक भोजन कार्यक्रम आयोजना गरेको हो ।

navjiwan hospital

कार्यक्रममा सशस्त्र प्रहरी महिला संघकी कोषाध्यक्ष पशुपति भट्टले सहयोग सामग्री सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई हस्तान्तरण गरेकी थिइन् । उनले प्रत्येक वर्ष गर्ने सहयोग कार्यक्रम अन्तरगत यस वर्ष सेभ हाउसलाई सहयोग गरेको बताइन् ।

attariya hospital

सहयोग गरेकोमा सेभ हाउसकी अध्यक्ष मलासीले धन्यावाद ज्ञापन गरिन । उनले सशस्त्र प्रहरीले विगत देखि सेभ हाउसलाई सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तर रहने अपेक्षा लिएको बताइन् ।
सहयोग कार्यक्रममा सशस्त्र प्रहरीका एसपी देव राज जोशी, इन्स्पेक्टर पदम राज भट्ट लगायतको सहभागिता रहेको थियो ।