धनगढी – कैलालीको धनगढी उपमहानरपालिकामा स्मार्ट (आधुनिक) शौचालय निर्माण गरिदैं छन् । धनगढीले बजारका मुख्य क्षेत्रहरूमा स्मार्ट सार्वजनिक शौचालय निर्माण कार्य अघि बढाइएको हो ।

उपमहानगरपालिकाले धनगढीका मुख्य चोक र बजार क्षेत्रमा लक्षित गरी चालु आर्थिक वर्ष २०८१/०८२ मा पाँच वटा आधुनिक सार्वजनिक शौचालय निर्माण गरिरहेको छ । उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रका चार स्थानमा र एउटा खुल्लामञ्च गरेर पाँच वटा आधुनिक सार्वजनिक शौचालय निर्माणको कार्य थालेको जनाएको छ ।

धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्विजराज भट्टले निर्माणाधिन शौचालयहरु चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताए । उनले निर्माणाधिन शौचालयलाई चैत भित्रै सञ्चालन गर्ने तयारीका साथ काम अगाडि बढाइएको बताए । निर्माणाधिन स्मार्ट सार्वजसनक शौचालय ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र बालमैत्री तथा महिला र पुरुषका लागि छुट्टाएर बनाइएको छ ।

उपमहानगरपालिकाले पाँच वटा सार्वजनिक शौचालय निर्माण गर्न सीबीआर कन्स्ट्रक्सन प्रालिसँग १ करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । उपमहानगरपालिकाले प्रति शौचालय निर्माणका लागि २४ लाख रुपैयाँका दरले ठेक्का सम्झौता गरेको छ ।
