धनगढी – कैलालीको धनगढीमा एक युवती बलत्कारको सिकार बनेकी छिन । धनगढीको जाखोर तालको जंगलमा धनगढी उपमहानगरपालिका – १८ की एक युवती पटक–पटक बलात्कार सिकार बनेकी हुन ।

ती युवतीले जिल्ला प्रहरी कार्यालय कैलालीमा बलात्कृत भएको उजुरी दिएपछि प्रहरीले आरोपित गौरीगंगा नगरपालिकाको बनबेहडाका २७ वर्षीय अशोक भनिने हरिराम चौधरीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले युवतीले धनगढीको जाखोर तालको जंगलमा युवकले पटक–पटक बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएको बताए ।
उनले सोही आधारमा आरोपीतलाई पक्राउ गरिएको बताए । पीडितले आफूमाथि बैशाखदेखि भदौसम्म बलात्कार भएको दाबी गरेकी छन् ।