बैतडी – बालुवाखानीमा च्यापिएर बैतडीका एक युवकको मृत्यु भएको छ । भारतको पिथौरागढमा काम गर्दै आएका बैतडीको सिगास गाउँपालिका –४ तल्लाऐनीका २७ बर्षीय टेकसिंह साउँदको बालुवाखानीमा च्यापिएर मृत्यु भएको हो ।

रोजगारीका लागि दुई महिना पहिलामात्रै पिथौरागढ गएका साउँदको आइतबार बालुवाखानीमा च्यापिएर मृत्यु भएको वडा अध्यक्ष हरिसिंह बोहराले बताए ।

मृतक साउँदका घरमा श्रीमति र दुई छोराछोरी रहेका छन् ।