बैतडी- बैतडीका काठमाडौँ घर भएका समाजसेवी सहदेव सापकोटाले छात्रवृति वितरण गरेका छन् । उनले पाटन नगरपालिका र सुर्नया गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत १३ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेका हुन् ।

गरिब, टुहुरा र जेहेन्दार विद्यार्थीलाई मासिक १ हजारका दरले प्रतिविद्यार्थी १२ हजार छात्रवृति प्रदान गरिएको जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक मानबहादुर चन्दले बताए ।

भुमेश्वर मायाघर पाटन नगरपालिका–४ थुमको समन्वयमा उनले बुधबार बालबालिकाहरुलाई छात्रवृति प्रदान गरेका हुन् । सापकोटाले विपन्न बालबालिकाहरुलाई गएको दुई वर्षयता छात्रवृति प्रदान गर्दै आएका चन्दले बताए ।


















