धनगढी – कैलालीमा बोक्सीको आरोपमा महिला कुट्ने २ जना अझै पक्राउ परेका छैनन् । पुस ४ गते भजनी नगरपालिका –१ बौनियाकी २६ वर्षीया महिलालाई बोक्सीको अरोपमा कुट्ने ४ जना पक्राउ परेका भएपनि २ जना अझै फरार रहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।

भजनीका प्रहरी निरीक्षक युवन चौधरीले फरार २ जनाको खोजी कार्य जारी रहेको बताए ।

प्रहरीले बोक्सीको आरोपमा महिला माथि कुटपिट गर्ने भजनी–१ बौनियाकै २७ वर्षीय मनोज चौधरी, ५१ वर्षीय बाबुराम चौधरी, ४५ वर्षीय लहानु चौधरी र ३५ वर्षीया रुपा चौधरीलाई कुटपिट भएकै दिन पक्राउ गरेको थियो । उनीहरुमाथी दोस्रो पटक १० दिको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पीडित महिलाले ६ जना विरुद्ध किटानी जाहेरी दिएकी थिइन । पीडित महिलाको अहिले धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।













