अत्तरिया – कैलाली कञ्चनपुरबाट ४ जना फरार प्रतिवादी पक्राउ परेका छन । मंगलबार जिल्ला अदालत कैलालीले बिभिन्न मितिमा कैद सजाय तथा जरिवाना ठहर भएका ३ जना फक्राउ परेका छन ।

पक्राउ पर्नेमा विना इजाजत वन पैदावार ओसपसार मुद्दामा १ महिना कैद सजाय र ३९ हजार ६६६ रुपैयाँ जरिवाना तोकिएका गौरीगंगा नगरपालिका – ४ का ४७ वर्षीय मिन बहादुर गुरुधामी, वन मुद्दामा ६५ हजार ६२० रुपैयाँ जरिवाना तोकिएका कैलारी गाउँपालिका – ७ का ५० वर्षीय छेदुराम चौधरी र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएका गौरीगंगा नगरपालिका – ३ बासुपुरका ४५ वर्षीय हरि ओम सापकोटा रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै जिल्ला अदालत कञ्चनपुरले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका बेलौरी नगरपालिका – २ का कनैया राना पक्राउ परेका छन ।













