
अत्तरिया – कैलालीबाट लागू औषध सहित २ जना पक्राउ परेका छन् । भजनी नगरपालिका – ३ सरदार चोक स्थित भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा जानकी गाउँपालिका – ४ मुनुवाका १८ वर्षीय किशोर पक्राउ परेका छन् । उनको साथबाट ३५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै घोडाघोडी नगरपालिका – २ साडेपानी बजारबाट स्थानीय ३० वर्षीय श्रवण चौधरी पक्राउ परेका छन् । उनको साथबाट ३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।













