अत्तरिया – कैलालीको अत्तरियामा अवस्थित गोदावरीमा होटल व्यवसायी संघको ७ औं साधारण सभा सम्पन्न भएको छ।
शनिबार गोदावरी होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण बहादुर धामीको सभाध्यक्षतामा आयोजित साधारण सभाका प्रमुख अतिथि होटल व्यवसायी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वीरभन जंग बटौला रहेका थिए। यस्तै, विशिष्ट अतिथिमा केन्द्रीय उपाध्यक्ष धना चोखाल उपस्थित थिइन्।


साधारण सभामा संघका महासचिव रविन्द्र खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रतिवेदन अनुसार, संघले गत आर्थिक वर्षमा ४ लाख ४३ हजार ८०० रुपैयाँ आम्दानी गरेको थियो भने त्यसमध्ये २ लाख ८ हजार ४४५ रुपैयाँ खर्च हुँदा, नगद मौज्दात २ लाख ३५ हजार ३५५ रुपैयाँ रहेको छ।
विष्णा बोहराले स्वागत मन्तव्य राखेको कार्यक्रममा सञ्चालन संघका महासचिव रविन्द्र खड्काले गरेका थिए।
















