अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् । शुक्रवार धनगढी उपमहानगरपालिका –२ मिलन चोकबाट सोही ठाउँका २५ वर्षीय नरेन्द्र विष्ट पक्राउ परेका हुन ।
उनको साथबाट ६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।