अत्तरिया- कैलाली र कञ्चनपुरमा प्रहरीले अवैध सामान फेला पारेको छ । दुबै जिल्लाका विभिन्न स्थानमा प्रहरीले भन्सार छलीको अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।

कैलालीको धनगढी-२ ट्राफिक चौराहा, आदर्श चोक, धनगढी-४ बसपार्क, संचयकोष कार्यालय नजिक, धनगढी-७ मनेहरा,धनगढी-१२ मनेहरा पोष्ट नजिक, भजनी नगरपालिका-६ नवलपुर, गौरीगंगा नगरपालिका-११ शिवपुर र जोशीपुर गाउँपालिका-३ लक्कडबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४ लाख १५० मूल्यको सामनहरु बरामद गरेको प्रहरीले बताएको छ ।

प्याज, चिनी, गुड, बिडी, सुर्ती, नरिवल, नमकिन, दाल, आलु, खुर्सानी, उनि सर्ट, स्कुल ब्याग, ज्याकेट, मल, कस्मेटिक, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका-९ तुम्नाडीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३० हजार मूल्यको चिनी, बिडी, खाने तेल, थान कपडा, कस्मेटिक लगायतका सामान इलाका प्रहरी कार्यालय ब्रह्मदेवबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको जनाएको छ ।












