खाेज्नुहाेस

जिल्लाका पत्रकार भेटघाटमा पत्रकार महासंघ कैलालीको टोली

Image

अत्तरिया – नेपाल पत्रकार महासंघ कैलालीको नवनिर्वाचित टोलीले जिल्लाका पत्रकारहरूसँग भेटघाट गरेको छ। महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा लगायत सम्पूर्ण पदाधिकारीहरूको टोलीले जिल्लाका विभिन्न क्षेत्रहरूमा पुगेर मिडिया हाउसका पत्रकारहरूसँग भेटघाट गरेको हो।

navjiwan hospital

टिकापुर, लम्की, अत्तरिया, बौनिया, सुखड, पहलमानपुर, मसुरिया लगायतका क्षेत्रहरूमा पुगेको महासंघको टोलीले उक्त क्षेत्रका पत्रकारहरूलाई बधाई दिँदै स्वागत गरेको थियो। अत्तरियामा महासंघको टोलीलाई स्वागत गर्दै पत्रकार घुर्व ओझाले नवनिर्वाचित टोलीले महासंघलाई निष्पक्ष पत्रकारहरूको संस्थाका रूपमा विकास गर्ने विश्वास लिएको बताए। उनले महासंघभित्रको राजनीतिका कारण आफूले हालसम्म सदस्यता पाउन नसकेको बताउँदै, आगामी दिनमा पत्रकारितामा संलग्न पत्रकारहरूले सहज रूपमा सदस्यता पाउने वातावरण सिर्जना गर्न आग्रह गरे।

add everest academy
attariya hospital

टिकापुर क्षेत्रका अग्रज पत्रकार एकेन्द्र तिमल्सिनाले पछिल्लो परिस्थितिमा पत्रकारिता परिवर्तनको क्रममा रहेकोले पत्रकारिताको क्षेत्रलाई पनि सोही अनुसार बदल्न आवश्यक रहेको सुझाव दिए। उनले श्रमजीवी पत्रकारहरूको हक-अधिकारका विषयमा महासंघ दृढ रूपमा उत्रिनुपर्ने बताए।

पत्रकारहरूसँगको भेटघाटका क्रममा बोल्दै महासंघ कैलालीका नवनिर्वाचित अध्यक्ष श्रवण देउवाले आफूलाई जिल्लाको नेतृत्व गर्ने जिम्मेवारी दिएकोमा आभार व्यक्त गरे। उनले पत्रकारहरूको हक-हितमा अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिबद्धता जनाए। अध्यक्ष देउवाले महासंघलाई राजनीति गर्ने थलो नभई पत्रकारहरूको साझा संस्थाका रूपमा विकास गर्ने गरी कार्य गर्ने बताए।