खाेज्नुहाेस

डीआईजी चन्दले गरे सुदूरपश्चिम प्रहरी प्रमुखको पदभार ग्रहण

Image

अत्तरिया- प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्दले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा सरुवा भई आएका उनले सोमबार पदभार ग्रहण गरेका हुन् ।

प्रहरी नायब महानिरीक्षक चन्दलाई पदभार ग्रहणपूर्व नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरलगायत कैलाली र कञ्चनपुरस्थित प्रहरी कार्यालयहरुका कार्यालय प्रमुखहरु र प्रदेश प्रहरी कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।

add everest academy
attariya hospital

पदभार ग्रहणपश्चात आयोजित परिचयात्मक कार्यक्रममा उनले सुदूरपश्चिम प्रदेशको शान्ति सु-व्यवस्था लगायत समग्र बस्तुस्थिति र प्रहरी जनशक्ति व्यवस्थापन सम्बन्धमा जानकारी लिएका प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

navjiwan hospital

कार्यक्रममा उनले प्रदेश कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीलाई अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पीडितमैत्री सहज र द्रुत प्रहरी सेवा, सुशासन, मानव अधिकारको संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार, भ्रष्टाचार नियन्त्रण, आर्थिक अनुशासन, लागुऔषध तथा तस्करी नियन्त्रण, जुवातास जस्ता गैरकानुनी क्रियाकलापहरुविरुद्व शून्य सहनशीलताका साथ चुस्तदुरुस्त प्रहरी परिचालनका विषयमा योजनाबद्ध ढंगले प्रहरी कार्य अगाडि बढाउन निर्देशन दिएका छन् ।

डीआईजी चन्दको सुदूरपश्चिम गृहप्रदेशसमेत हो ।

attariya technical collage

May be an image of 8 people and text

May be an image of 7 people

Karma Consultancy