धनगढी- कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवबाट दुई किशोर सम्पर्कविहीन भएका छन् । धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका १६ वर्षीय प्रविन धामी र १६ वर्षकै सुरज धामी महोत्सवबाट सम्पर्कविहीन भएका हुन् ।

आइतबार घरबाट साइकलमा महोत्सव हेर्न पुगेका दुबै जना अहिलेसम्म सम्पर्कमा नआएको उनीहरुका दाइ किशोर धामीले बताए । खोजीका लागि प्रहरीलाई खबर गरिएको छ ।


उनीहरुलाई कसैले देखे नजिकको प्रहरी वा मोबाइल नम्बर ९८४९६५३३९९, ९८४८५३९३८२ मा सम्पर्क गरी सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् ।