
अत्तरिया – कैलालीको धनगढीमा रहेको एक होटल र किराना पसलमा आगलागी हुँदा ३० लाखको क्षति भएको छ । आइतबार राती धनगढी उपमहानगरपालिका – १३ मोहनपुर हर्क कप्टयालले संचालन गरेको मालिका होटेल एण्ड डिडि स्टोर (किराना सामान) मा विद्युतको तार सर्ट भई आगलागी हुँदा होटेल र पसल भित्र रहेका किराना लगायतका सामानहरु जलेका हुन ।
आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

