अत्तरिया – जिल्ला अदालत कैलालीले चेक अनादर मुद्दामा ३ दिन कैद र १ लाख ८० हजार रुपैयाँ जरिवाना तोकेकी टीकापुर नगरपालिका-१ निवासी ३८ वर्षीया डम्मरा कुमारी साँउदलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले शुक्रबार साँउदलाई उनको घरबाट पक्राउ गरेको हो।