खाेज्नुहाेस

पत्रकार महासंघ कैलालीको सदस्यमा लोकप्रिय मतका साथ ओझा निर्वाचित 

Image

अत्तरिया – नेपाल पत्रकार महासंघ कैलाली शाखाको शुक्रवार सम्पन्न निर्वाचनमा अत्तरिया अनलाइनका प्रबन्धक बालकृष्ण ओझा लोकप्रिय मतका साथ विजयी भएका छन् । उनी महासंघको सदस्यमा सबैभन्दा बढी मतका साथ विजयी भएका हुन ।

१० सदस्य पदका लागि भएको निर्वाचनमा ओझाले सबैभन्दा बढी १०४ मत पाएका थिए ।  पत्रकार महासंघ कैलालीको निर्वाचनमा १५१ जनाले मतदान गरेका थिए ।

add everest academy
attariya hospital

अन्य सदस्यमा कैलाश जोशी ९८ मत, दिनेश विष्ट ९६ मत, गगन अयडी ८५ मत, रतनलाल चौधरी ८४ मत, वीरेन्द्र शाह ७४ मत, लोकु सिंह ठकुरी ६९ र चन्द्र प्रसाद खनाल ६८ मत प्राप्त गरेका थिए ।

navjiwan hospital

यस्तै महिला सदस्यमा अनिता चौधरीले ८७ मत र दलित सदस्यमा विवेक कुमार नागरीले ७७ मत पाएका छन् ।  पदाधिकारीमा बिराज रोस्याराले १०४ मत, सचिवमा तेजराज भट्ट १ सय मत,  कोषाध्यक्षमा सुनिल आउजीले ९६ मत, सह–सचिव (समावेशी) मा निराजन परियारले ७९ मत पाएका छन् ।

यसअघि पत्रकार महासंघ कैलालीको अध्यक्षमा श्रवण देउवा, महिला उपाध्यक्षमा भावना जोशी र सह–सचिवमा शङ्कर बोहरा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै आदिवासी जनजाति सदस्यमा सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य समावेशीमा टेकसिंह धामी निर्विरोध निर्वाचित भएका थिए ।

attariya technical collage

जिल्लामा ३ जना पदाधिकारी र ३ जना सदस्य निर्विरोध निर्वाचित हुँदा ४ पदाधिकारी र १० सदस्यका लागि निर्वाचन भएको हो ।

Karma Consultancy