खाेज्नुहाेस

सुदूरपश्चिमका अर्थमन्त्रीले गरे विवाह

Image
navjiwan hospital

धनगढी- सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बहादुरसिंह थापाले ६५ वर्षको उमेरमा विवाह गरेका छन् । नेपाली काँग्रेसका नेतासमेत रहेका थापाले झन्डै ६५ वर्षको उमेरमा शुक्रबार कञ्चनपुर सिसैयाकी भावना बिष्टसँग विवाह गरेका हुन् ।

अर्थमन्त्री थापा अविवाहितै बसेका थिए । उनी प्रदेश सभा सदस्यको निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका थिए । अर्थमन्त्री थापा भीमदत्त नगरपालिका–६ का स्थायी बासिन्दा हुन् भने उनको पुर्ख्यौली घर बैतडीको दशरथचन्द नगरपालिका हो ।

add everest academy
attariya hospital