खाेज्नुहाेस

गोदावरी–२ मा रहेको जीवनज्योती सहकारीको साधारण सभा सम्पन्न

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको जिवनज्योती महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच संस्थाको २१औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाकी अध्यक्ष पुनम कार्किको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका अर्थराज्यमन्त्री प्रकाश बहादुर बम रहेका थिए भने विशिष्ठ अतिथिमा प्रदेशकी सांसद तुलसी देवकोटा रहेकी थिइन् । कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया सहित विभिन्न वडाका जनप्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

add everest academy
attariya hospital

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष कार्किले, बाह्य प्रतिवेदन संस्थाकी व्यवस्थापक क्षेत्रा साउँदले, आन्तरिक लेखा परिक्षण प्रतिवेदन लेखा समितिकी संयोजक शारदा सुवेदी, संस्थाको अनुमानित बजेट कोषाध्यक्ष रेनुका बि.क र आगामी आर्थिक वर्षका कार्यक्रम सम्बन्धी प्रतिवेदन सचिव मनिषा बोहराले प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक साउँदले गरेकी थिइन् ।

संस्थाले नगरपालिकाको वडा नं. १२ मा रहेको प्रगती महिला विकास बहुउद्देश्यिय सहकारी संस्थासँग एकिकरण गरी सेवा प्रवाह गर्दै आईरहेको छ । हाल उक्त वडामा संस्थाले सेवा केन्द्र सञ्चालन गरेको छ ।

navjiwan hospital

संस्थाको कार्य विस्तार गर्न, संस्थाको दोहोरो सदस्यता नियन्त्रण गर्न तथा सहकारीहरुको आवश्यक भन्दा बढी संख्याहरु घटाउन एकिकरण गरिएको संस्थाकी प्रबन्धक क्षेत्रा साउँदले बताइन् । उनले एकिकरणले संस्था सञ्चालनको फजुल खर्च कटौति गर्नुका साथै महिलालाई बहुउद्देश्यिय कार्य गर्न पनि टेवा पुगेको बताइन् ।

attariya technical collage

हाल दुवै शाखामार्फत सहकारीले शेयरसदस्यहरुलाई विभिन्न किसिमका सेवाहरु प्रदान गर्दै आइरहेको उनको भनाइ छ । उनका अनुसार संस्थाबाट धेरै जसो महिलाहरुले ऋण लिएर उद्यमशिल कार्य गर्दै आइरहेका छन् । उनले महिलाहरुलाई आत्मनिर्भर बनाउन सहकारीले अझै पनि विभिन्न योजनाहरु अघि सारेको बताइन् ।

२०५९ सालमा २५ जना महिलाहरुद्धारा संकलित १ लाख शेयरपुँजिबाट सुरु भएको सहकारीमा ३ हजार ३०१ शेयरसदस्य र ३ करोड ५२ लाख ५५ हजार ४०० रुपैया शेयरपुँजि रहेको छ ।

Karma Consultancy

२९ करोडको कारोबार
संस्थाले दुई सहकारीमार्फत २९ करोडको कारोबार गरेको छ । संस्थाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा कुल २९ करोड ५७ हजार २२९ रुपैयाको कारोबार गरेको छ । जसबाफत संस्थाले ५७ लाख २९ हजार १८५ रुपैया नाफा आर्जन गर्न सफल भएको छ । प्रतिवेदन अनुसार संस्थाको निक्षेप २१ करोड २६ लाख ८५ हजार ७१७ रुपैया रहेको छ भने २० करोड ५५ लाख ६६ हजार २७८ रुपैया लगानी रहेको छ ।