अत्तरिया – कैलाली कञ्चनपुरबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन । भीमदत्त नगरपालिका –१८ कटानबाट स्थानीय ४० वर्षीय बिनोद जोशीलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ०.१९ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ ।

यस्तै कैलालीको भजनी नगरपालिका – ३ मोरीयाघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा लागू औषध सहित लम्की चुहा नगरपालिका – ९ प्रतापपुरका ३५ वर्षीय साजिश चौधरी पक्राउ परेका छन । उनले चलाएको से ४ प ५९७८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा २ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


भजनी नगरपालिका – ३ मोरीयाघाट स्थित भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका टीकापुर नगरपालिका – २ का ३० वर्षीय नबराज बिक र लम्की चुहा नगरपालिका – १ भुरुवा का २९ वर्षीय इमान रावल पनि लागू औषध सहित पक्राउ परेका छन । उनीहरुको साथबाट TRAMADOL नामक ३ पत्ता (३० ट्याबलेट) र AVIL नामक १ पत्ता (१५ ट्याबलेट) बरामद गरिएको प्रहरीले जनाएको छ ।