कैलाली- नेपाल पत्रकार महासंघ कैलाली शाखाको अध्यक्षमा श्रवण देउवा निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार प्रेस सेन्टरका टंक कुँवरले उम्मेदवारी फिर्ता लिएपछि देउवा निर्विरोध निर्वाचित भएका हुन् ।

देउवा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार हुन् । निर्वाचन समितिले देउवा निर्वाचित भएको आधिकारिक घोषणा गर्न भने बाँकी नै छ ।


यस्तै, महिला उपाध्यक्षमा भावना जोशी र सह–सचिवमा शंकर बोहरा पनि निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा आदिवासी जनजातितर्फ सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य समावेशीमा टेकसिंह धामी निर्विरोध निर्वाचित भएका छन् ।
संघको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सह सचिव र खुला सदस्य, महिला सदस्य दलित सदस्य पदका लागि भने शुक्रबार निर्वाचन हुने जनाइएको छ ।