खाेज्नुहाेस

बैतडीका विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गरिँदै

Image

बैतडी- बैतडीमा विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गरिँदै छ । एसइई परीक्षामा सहभागी हुँदै आएका जिल्लाका १२९ ओटा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षण सुरु भएको हो ।

navjiwan hospital

गुणस्तर परीक्षणका लागि शिक्षा क्षेत्रमा लामो समय काम गरेर सेवा निवृत्त भएका सहसचिव, उपसचिव, तत्कालीन जिल्ला शिक्षा अधिकारी र विभिन्न क्याम्पसका प्राध्यापक गरी २१ जनाको विज्ञ टोली खटिएको छ । विज्ञ टोलीले सोमबारदेखि बुधबारसम्म तीनदिने अभिमुखीकरण कार्यक्रमपश्चात् बुधबारदेखि कार्यक्षेत्रमा खटिएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक हरिप्रसाद निरौलाले बताए ।

add everest academy
attariya hospital

उनले शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०७३ सालदेखि देशभरिका माध्यमिक विद्यालयको गुणस्तर परीक्षण गर्दै बैतडी अन्तिम जिल्लाका रूपमा परीक्षण भइरहेको बताए । विज्ञ टोलीले विद्यालयको भौतिक संरचना, लगानी र शैक्षिक उपलब्धिका बारेमा शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिसँग भेट गरेर अङ्कभार दिनेछन्  ।

शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका कार्यालय प्रमुख नरेन्द्रप्रसाद अवस्थीका अनुसार विद्यालयको बृहत् अनुगमनपछि ४० प्रतिशतभन्दा कम अङ्क प्राप्त गर्ने कमजोर, ४० देखि ७० प्रतिशतसम्म प्राप्त गर्ने सामान्य, ७० देखि ९० प्रतिशत अङ्क प्राप्त गर्ने मध्यम र ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यालय उत्तम वर्गीकरण हुनेछ ।