खाेज्नुहाेस

दिवा खाजाले बढायो विद्यार्थी सङ्ख्या

Image

धनगढी- शिक्षा अधिकार अनुगमन समूह, सुदूरपश्चिम प्रदेशद्वारा बुधबार दिवा खाजा प्रवर्धन र सुदृढीकरण विषयक प्रदेशस्तरीय अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सरोकारवालाले दिवा खाजा कार्यक्रमले विद्यालयमा विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको बताएका थिए ।

navjiwan hospital

संसारभर विद्यालयमा भर्नादर बढाउने विभिन्न उपाय खोजिने गरेकोमा नेपालमा पनि दिवा खाजा कार्यक्रम प्रभावकारी भएको सुदूरपश्चिम विश्वविद्यालयका शिक्षाशास्त्र सङ्कायका डिन डा. भ्वानसिंह चलाउनेले बताए । धनगढी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख धुम्मनबहादुर वडायकले खाजा कार्यक्रमले विद्यालय आउने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको, विद्यालय छोड्नेहरू घटेको, बालबालिकाको स्वास्थ्य राम्रो भएको बताए ।

add everest academy
attariya hospital

अन्तरसंवाद कार्यक्रममा सरोकारवालाले खाजा पकाउने ठाउँ नभएको, बजेट पर्याप्त नभएको र सरसफाइका समस्या रहेको औँल्याएका थिए । कार्यक्रममा लुनिभा बाल सरोकार समूहका अध्यक्ष डा. रूपा मुनकर्मी, कार्यकारी निर्देशक नरेन्द्र डङ्गोल, गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य किरण थापालगायतले दिवा खाजाको अवस्थाबारे चर्चा गरेका थिए ।