
अत्तरिया – कैलालीको गोदावरीबाट खैरो हेरोइन सहित एक युवक पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिगएको प्रहरी टोलीले गोदावरी नगरपालिका – १ धनगढी रोडमा हिडिरहेको अवस्थामा धनगढी उप–महानगरपालिका – १३ का १९ वर्षीय अर्जुन खड्कालाई पक्राउ गरेको हो ।
उनको साथबाट २ ग्राम ८६० मिलिग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

