खाेज्नुहाेस

गोदावरीबाट लागू औषध मुद्दाकी फरार प्रतिवादी महिला पक्राउ

Image
file photo

धनगढी – कैलालीको गोदावरीबाट लागूऔषध मुद्दामा फरार रहेकी कञ्चनपुरकी एक महिला पक्राउ परेकी छिन्।

navjiwan hospital

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–४ घर भई हाल जिल्ला कैलालीको गोदावरी नगरपालिका–१ बसन्तपुर कोठागरी बस्ने २० वर्षीया कबिता बस्नेत पक्राउ परेकी हुन्।

add everest academy
attariya hospital

उनी लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएपछि फरार रहेकी थिइन्। उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मंगलवार अत्तरिया बजारबाट पक्राउ गरेको हो।