बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकाले पनि आज शोक बिदा दिएको छ । दार्चुलामा भएको जिप दुर्घटनामा डिलाशैनीका २ जनासहित ८ जनाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् ।
गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले शोक वक्तव्य जारी गरी मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक बिदा दिइएको जनाएका छन् । घाइतेहरुको स्वास्थ्य लाभको कामना गरिएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाले पनि आज शोक बिदा दिइसकेको छ ।