बैतडी- बैतडीको प्रसिद्ध फाल्ङाशैनी भगवती मन्दिरमा जात्रा सुरु भएको छ । सुर्नया गाउँपालिका-५ मा रहेको सो मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ ।
मन्दिरका पूजारी विष्णुदत्त भट्टका अनुसार कार्तिक शुक्ल चतुर्दशीका दिन भगवतीको भण्डार घरबाट भण्डार ल्याएर जात्रा सुरु गर्ने परम्परा छ । जात्राका बेला चतुर्दशीका दिन राँगा, बोका मन्दिरमा ल्याउने र पूर्णिमाका दिन बलि दिने गरिन्छ ।
यो जात्रालाई स्थानीयले भवानी जात्रा पनि भन्ने गरेका छन् । जात्रामा स्थानीय कृषि उपजहरुको विक्रिवितरण पनि हुने गर्दछ ।