बैतडीमा अवैध सामान बरामद
अत्तरिया – बैतडीमा प्रहरीले अवैध सामान बरामद गरेको छ । सोमबार शिवनाथ गाउँपालिका – १ नागार्जुन खाणघाट स्थित महाकाली नदीको किनाराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा १ लाख १० हजार ६११ रुपैयाँ बराबरको चिनी, मिस्री, चामल, आटा, सलाई, लेडिज चुरा, लेडिज हाते पर्स, स्याम्पु, खेलौना, कपी, किराना लगायतका सामानहरु बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।