खाेज्नुहाेस

बैतडीमा बौलाहा कुकुरले १० जनालाई टोक्यो

Image
सांकेतिक फोटो

बैतडी – बैतडीमा बौलाहा कुकुरले १० जनालाई टोकेको छ। डिलाशैनी गाउँपालिका–१ डोरेपानी र रामलामा बौलाहा कुकुरले १० जनालाई टोकेको हो।

navjiwan hospital

बौलाहा कुकुरको टोकाइबाट वडा नंम्बर १ डोरेपानीका लीला राना, महेश राना, खुइले राना, लक्ष्मी राना, रमेश राना, माहादेव राना र नारायण राना घाइते भएका छन्। यस्तै रामलाका भानदेव भट्ट पनि कुकुरको टोकाइबाट घाइते भएका छन्।

attariya hospital

रमेश र नारायणलाई बौलाहा कुकुरले आज बिहान टोकेको र अन्य दुुई जनाको नाम थाहा नभएको वडा अध्यक्ष कृष्णकुमार धामीले बताए। यस्तै बौलाहा कुकुरले रामलाका स्थानीय जयानन्द भट्टका एक खसी र एक बाख्रालाई समेत टोकेको छ।