बैतडी- बैतडीको दशरथचन्द नगरपालिका-६ मा रहेको कालिका मावि थालिगडालाई नमुना बनाउनका लागि रामलीला महोत्सव सञ्चालन गरिएको छ ।

कालिका सांस्कृतिक समाज थालिगडाले हरेक वर्ष रामलीला महोत्सव आयोजना गर्दै आएकोमा यो वर्ष सो विद्यालयको भौतिक संरचना निर्माणमा सहयोग पुर्याउन महोत्सव आयोजना गरिएको सांस्कृतिक समाजका अध्यक्ष कर्णबहादुर चन्दले बताए ।

उनका अनुसार रामलीलाबाट संकलनको भएको दान रकम विद्यालयको भौतिक संरचना निर्माणमा खर्च गरिनेछ । मार्यादापुरुषोत्तम भगवान रामचन्द्रको जीवनगाथामा आधारित रामलीला महोत्सव असोज ३० गतेदेखि सञ्चालन भइरहेको छ ।
थालिगडामा वर्षौं पहिलादेखि रामलीला महोत्सवको आयोजना गर्ने गरिएको र सोही महोत्सवबाट संकलित रकमले कालिका माविलाई माध्यमिक तहसम्म स्थापना गर्न सहज भएको अध्यक्ष चन्दले बताए ।
















