खाेज्नुहाेस

अब गोदावरीमै बसेर देव र पितृ कार्य गर्न मिल्ने

Image

अत्तरिया – कैलालीको गोदावरी धामलाई धार्मिक एवम् पर्यटकिय क्षेत्रका रुपमा हेर्ने गरिएको छ । यहाँ सम्पुर्ण धार्मिक कार्यहरु गरिने गरिएको छ । प्रदेशको प्रवेशद्धारको रुपमा रहेको गोदावरी नगरपालिकामा पर्ने उक्त धाममै अवस्थीत आर्यघाटमा पनि प्रदेशका विभिन्न जिल्लाका मानिसहरु अन्त्येष्टिका लागि आउने गर्दछन् । सो आर्यघाटमा अन्त्येष्टि गरेपश्चात सो क्षेत्रमै बसेर काजक्रिया गर्न चाहनेहरुका लागि अब भने सहज हुने भएको छ । यसअघि सो क्षेत्रमा अन्त्येष्टि गरेर घरमै वा बाहिर अन्य कुनै स्थानमा काजक्रिया गर्नुपर्ने अवस्था रहेको थियो । नगरभित्रका मात्रै नभई बाहिरबाट आउने नागरिकहरुलाई पनि लक्षित गरी नगरपालिकाले शुक्रबार गोदावरी धाममा निर्माण भएको संस्कारशाला भवनको उद्घाटन गरेको छ । उक्त भवनमा देव तथा पितृ जस्तो सुकै कार्यहरु गर्ने मानिसले पनि बस्न पाउने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख विरेन्द्र भट्टले उक्त भवनमा गोदावरीमा अन्त्येष्टि गर्न आउने जो सुकै व्यक्तिहरुले पनि बस्न पाउने बताए । उनले तिर्थस्थलमै बसेर पितृ कार्य गर्ने सोच बनाएका मानिसहरुलाई यसले राहत दिने समेत बताए । उनले गेटा मेडिकल कलेजलाई लक्षित गरेर पनि उक्त संस्कारशाला निर्माण गरिएको बताए । ‘यहाँ मेडिकल कलेज सञ्चालन भैरहेको छ, उपचारका लागि आएका बाहिरका मानिसहरुले विरामीको निधन भएको खण्डमा यतै अन्त्येष्टि गर्नुपर्ला’ उनले भने ‘अनि क्रियाकर्म गर्नका लागि पनि यसै ठाउँमा व्यवस्थीत गर्न सके मानिसहरुलाई सहजता हुने सोचेर यसको आवश्यकता महसुस गरेर हामीले यो कार्य गरेका हौ ।’

add everest academy
attariya hospital

उक्त संस्कारशाला भवन प्रयोग गरेवाफत नगरपालिकाले निश्चित शुल्क लिने जनाएको छ । तर कति शुल्क लिने भन्ने विषयमा अहिले नै निर्णय नभएको नगरप्रमुख भट्टले बताए । उनले उक्त संस्कारशाला भवनको प्रयोगबाट उठेको रकम गोदावरी धामकै विकासमा खर्च गरिने समेत बताए ।

व्यवस्थीत गोदावरीका लागि डिपिआर

navjiwan hospital

नगरपालिकाले गोदावरी धामलाई व्यवस्थीत गर्नका लागि डिपिआर तयार गरिसकेको छ । नगरप्रमुख भट्टका अनुसार विस्तृत गोदावरीको विकासका लागि नगरपालिकाले गत वर्ष नै डिपिआर तयार गरेको हो । उक्त डिपिआर अनुसार गोदावरी धामलाई व्यवस्थीत बनाउन र विस्तृत विकास गर्नका लागि ५४ करोडको हाराहारीमा लगानी आवश्यक पर्ने देखिएको नगरप्रमुख भट्टले बताए ।

attariya technical collage

‘नगरपालिकाले आर्यघाट र गोदावरी धामको विस्तृत विकासका लागि गुरुयोजना तयार पारेको छ, त्यसको लागत ५४ करोडको हाराहारीमा छ’ उनले भने ‘यहाँ रहेको आर्यघाट पनि अहिले व्यवस्थीत छैन । त्यसैले आर्यघाटलाई पनि डिपिआरमा समावेश गरेका छौ ।’

उनले डिपिआर अनुसारको बजेट नगरपालिकाले बेहोर्न नसक्ने भएकाले हाल प्रदेश र संघ सरकारसँग गुहारिरहेको बताए । उक्त डिपिआर बमोजिम आर्थिक वर्ष २०७९÷०८० मा सहरी विकास मन्त्रालयलाई बजेट माग गरेको भएपनि उक्त समयमा ५० लाख मात्रै बजेट विनियोजन भएको बताए । उनले उक्त बजेटले डिपिआरमा भएको एउटा संरचना निर्माण गर्ने भन्ने सोचका साथ अति आवश्यक देखिएको संस्कारशाला भवन निर्माण गरिएको बताए ।

गोदावरी धामलाई धार्मिक एवम् पर्यटकिय क्षेत्रका रुपमा अगाडी बढाउनका लागि २०८४ मा महाकुम्भ मेलाको तयारी गरिएको पनि उनले बताए । उनले त्यो महाकुम्भमा झण्डै १ करोडको हाराहारीमा बाह्य मानिसहरुलाई भित्र्याउने लक्ष्य राखिएको बताए । त्यसबाट आर्थिक रुपमा पनि नगरपालिकालाई फाईदा पुग्ने उनको भनाई छ ।

यस्तै उपप्रमुख शारदा देवी रोकायाले संस्कारशाला भवनले तिर्थस्थलमै देव र पितृ कार्य गर्नेहरुका लागि सहज भएको बताईन । उनले कोठभाडामा लिएर बसोबास गरेका तर असामहिक रुपमा निधन भएकाहरुको अन्त्येष्टिका लागि संस्कारशाला भवन गोदावरीमा आवश्यक रहेको बताईन । उनले संघिय सरकारको बजेटलाई मुर्त रुप दिन सबैसँगको सरसल्लाह पश्चात सो कार्य गरिएको बताईन ।

धामका अध्यक्ष पदमराज जोशीले जनतालाई प्रत्यक्ष रुपमा फाईदा पुग्ने काम भएको बताए । उनले अन्त्येष्टि गरेपश्चात काजक्रिया गर्नका लागि र पितृ सम्बन्धी सबै काम गर्न बस्ने ठाउँ नहुँदा समस्या हुने गरेकोमा अव सो समस्या समाधान भएको बताए । उनले गुरुयोजनाको बजेट विनियोजन नभईसकेको अवस्थामा यो भवन निर्माणका लागि विशेष बजेट ल्याएको भन्दै नगरप्रमुख सहितको टोलीलाई धन्यवाद ज्ञापन गरे । भवनको हत्तिनाथ निर्माण सेवासँग भ्याट बाहेक २८ लाख ५० हजारमा गत फाल्गुनमा ठेक्का सम्झौता भएको थियो ।