दार्चुलाको नौगाड नदीमा महिला बेपत्ता

 

दार्चुला – दार्चुलाको नौगाड गाउँपालिका–१ मा साङपाङ क्षेत्रस्थित नौगाड नदीमा खसेर एक महिला बेपत्ता भएकी छन् । शुक्रबार बिहान घरबाट नजिकको जंगलमा जाने क्रममा स्थानीय अन्दाजी ३२ वर्षीया अनितादेवी ठगुन्ना नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालयका अनुसार घर नजिककैको गोधानी जंगलमा घाँस काट्ने बेला उनी नौगाड नदीमा खसेर बेपत्ता भएकी हुन् । उनी करिब ५ सय मिटर तल खसेकी थिइन् ।

प्रहरी कार्यालयका सूचना अधिकारी जगत मगरका अनुसार बिहान करिब साढे ८ बजेतिर घरदेखि अन्दाजी १ घण्टाको पैदल दूरीमा रहेको गोदानी जंगलमा घाँस काट्ने क्रममा ५ सय मिटर तल नौगाड नदीमा खसेर बेपत्ता भएकी हुन् । बेपत्ता महिलालाई खोज्न दल्लेखबाट प्रहरी टोली खटिएको भए पनि शुक्रबार दिउँसोसम्म भेटाउन सकिएको छैन ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.