धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले डब्लुडब्लुएफ मार्फत डब्लुडब्लुएफ संरक्षण अवार्ड प्राप्त गरेको छ ।

३१ औं वार्षिकोत्सवको अवसरमा वातावरण संरक्षणमा योगदान पु¥याएको कदर गर्दै डब्लुडब्लुएफले धनगढीलाई सो अवार्ड दिएको हो ।

हरियाली प्रवर्द्धन र सरसफाइ अभियानमा जुटेको धनगढी उपमहानगरपालिकाले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुठीले काठमाडौँमा नगर प्रमुख गोपाल हमाललाई अवार्ड हस्तान्तरण गरेका थिए ।

















