खाेज्नुहाेस

धनगढीमा निःशुल्क पार्किङ स्थल निर्माण

Image

धनगढी – कैलालीको धनगढी बजारको मुख्य बजार क्षेत्रमा निःशुल्क पार्किङ स्थल निर्माण गरिएको छ । धनगढी उप – महानगरपालिका नजिक धनगढी उप–महानगरपालिका स्वास्थ्य र महिला शाखा कार्यालय अगाडि पार्किङ स्थल निर्माण गरिएको हो ।

navjiwan hospital

उप–महानगरपालिका प्रमुख गोपाल हमालले राष्ट्र बैङ्क चोक देखि एलएन चोक सडक खण्डमा मोटरसाइकल, स्कुटर, कार र जिप पार्किङका लागि निःशुल्क पार्किङ स्थल निर्माण गरिएको बताएका छन् ।

attariya hospital

धनगढीमा सवारी चाप बढ्दै जाँदा पार्किङको समस्या हुँदै आएको छ । बजार क्षेत्रमै पार्किङका स्थान बनाइएपछि सहज हुने अपेक्षा गरिएको छ ।