खाेज्नुहाेस

‘आर्थिक बोझ कम भयो’

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ मुक्तिशिविर बस्ने चुनु चौधरी अपांग छन । करिब ४/५ वर्ष पहिलेदेखी नै उनलाई सुगरका कारण हातखुट्टा नचल्ने समस्या छ । लामो समयसम्मको रोगका कारण उनको एक साईड तिरको हातखुट्टाले काम गर्न अफ्ठ्यारो हुन्छ । ४ जना छोराछोरी भएका उनको घरमा अर्काे कमाउने मानिस कोही छैन । परिवारको आर्थिक अवस्था नाजुक हुँदा छोराछोरीलाइ पढाउनका लागि पनि उनलाई समस्या हुने गरेको छ ।

विगतमा मिस्त्रीको काम गर्ने चुनुले अहिले घरको ढलानका लागि राखेका काठहरु भाडाँमा दिएर जिविकोपार्जन गरिरहेका छन । ‘आफु अपांग बनिहाले, घरमा अरु कमाउने कोही छैन’ उनले भने ‘नजिकका सरकारी अस्पतालहरुमा देखाईसके, टाढा जानलाई पैसा छैन, दैनिकी टार्न त सकिने अवस्था छैन भने उपचार कसरी गरु ।’ उनले घरको आर्थिक अवस्था कम हुदाँ बालबालिकालाई पनि गुणस्तरिय शिक्षा प्रदान गर्न नसकिएको बताए । उनले बालबालिकाहरुका लागि शैक्षिक सामग्री र स्कुल ड्रेस समेत खरिद गर्न सक्ने अवस्था नरहेको बताए ।

add everest academy
attariya hospital

सोही ठाउँकी सम्झना चौधरीलाई पनि बालबालिकाको पढाईले सताउने गरेको छ । दुई छोराछोरी सहितको ४ जनाको परिवार भएकी सम्झनाका श्रीमानले परिवारको मतलब नगर्दा उनलाई झन समस्या थपिएको हो । उनकी एउटी छोरी सोही वडामा रहेको मुक्ति आधारभुत विद्यालयमा कक्षा ३ मा अध्ययनरत छन । उनको लागि शैक्षिक सामग्री किन्न समेत सम्झना सँग पैसा हुदैन । ‘श्रीमानले घरको मतलब गर्न छोड्नुभयो, आफु कमाउदैन अनि कसरी छोराछोरीको पढाईको खर्च धान्न सक्नु’ उनले भनिन् ‘अहिले त जसो तसो चलिरहेको छ अब त्यो पनि गर्न सकिएला जस्तो छैन ।’

आर्थिक अभावले थलिएका दुवै परिवारलाई केही राहत प्रदान गर्ने उद्देश्यले सोही वडाका व्यवसायी रमेश भट्टराईले २ जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेका छन । मुक्ति आधारभुत विद्यालयमै कक्षा २ मा पढ्ने चुनु चौधरीकी छोरी सृष्टि चौधरी र सम्झना चौधरीकी कक्षा ३ मा पढ्ने छोरी सिम्रन चौधरीको अभिभावकत्व भट्टराईले आफुले लिएका हुन । उनले आर्थिक अवस्था कमजोर भएका दुवै परिवारलाई केही राहत होला भन्ने उद्देश्यले आफुले अभिभावकत्व लिएको बताए ।

attariya technical collage

navjiwan hospital

‘मैले आर्थिक अवस्था कमजोर हुँदा पढ्न गाह्रो हुने अवस्था भोगेको छु, म पनि कसैको सहयोगले यहासम्म पुगेको हु’ नेपाल तरुण दल गोदावरी नगर सभापति समेत रहेका भट्टराईले भने ‘मेरो जस्तै भोगाई अरुलाई नहोस, आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षा बाट बालबालिका बञ्चित नहोउन भन्नका लागि मैले यो काम गरेको हु ।’ उनले आफ्नो सानो सहयोगले कसैलाई ठुलो राहत पुग्छ भने आफु त्यस्तो सहयोग गर्नबाट कहिल्यै पनि पछि नहट्ने बताए ।

उनले उक्त विद्यार्थीहरुलाई शैक्षिक सामग्रीका साथै स्कुल ड्रेस पनि उपलब्ध गराएका थिए । जेहेन्दार विद्यार्थीहरुले आर्थिक अभावकै कारण पढाई छाड्नुपर्ने अवस्था नआओस भन्ने आफ्नो चाहना रहेको उनले बताए । सोही अनुरुप विभिन्न विद्यालयहरुमा यस्ता कार्यहरु गरिरहेको उनको भनाई छ ।

आफ्ना बालबालिकाहरुलाई पढाईदिने थाहा पाएपछि बालबालिकाका अभिभावकहरु पनि खुसी भएका छन । उनिहरुले छोरीहरुलाई बढाउने घरको अवस्था नभएको अवस्थामा तरुण दलका सभापतिको सहयोग अविस्मरणीय भएको बताए । उनिहरुले बालबालिकाको अभिभावकत्व ग्रहण हुँदा आफुहरुलाई आर्थिक बोझ कम भएको पनि बताएका थिए ।

विद्यालयलाई फर्निचर एवम् खेलकुद सामग्री

यसैबिच तरुण दल सभापति भट्टराईले सो विद्यालयलाई पनि फर्निचर एवम् खेलकुद सामग्री सहयोग गरेका छन । उनले विगतदेखी नै चलाएको अभियान अन्र्तगत विद्यालयलाई विभिन्न सामग्रीहरु सहयोग गरेका हुन । उनले विद्यालयलाई ४ वटा राउन्ड टेबल, एउटा दराज, ४ वटा ह्वाईट बोर्ड, ६ वटा बल लगायत गरी करिब ५० हजार बराबरका सामग्री सहयोग गरेका हुन ।

उनले यसअघि सोही वडामा रहेको सरस्वती आधारभुत विद्यालयलाई पनि फर्निचर एवम् स्टेशनरी सहयोग गरेका थिए । उनले आफुले अभियानको रुपमा यसलाई सञ्चालन गरेको र नगरका सबै वडाहरुमा यो अभियानले काम गर्ने समेत बताए । विद्यालयले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सकोस भन्ने लक्ष्य लिएर आफुले सो काम गर्दै आईरहेको उनको भनाई छ ।