खाेज्नुहाेस

कञ्चनपुरमा डेढ करोड बढीको अवैध सामान बरामद, ४९ महिला बालबालिकाको उद्धार

Image

अत्तरिया – कञ्चनपुरमा प्रहरीले ३ महिनामा डेढ करोड बढीको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फागुन, चैत र वैशाखमा एक करोड ५९ लाख ४ हजार ५३ रुपैयाँ बराबरको अवैध रुपमा भन्सार छली ल्याइएको सामान बरामद गरेको हो । त्यसैगरी उक्त अवधिमा नदीजन्य पदार्थ उत्खनन्मा संलग्न ३२ ट्र्याक्टर, २ टिप्पर र एक जेसीबीलाई गरिएको कारबाहीबाट ११ लाख ३४ हजार ५०० राजस्व सङ्कलन भएको छ । जिल्लाबाट २५ जना जुवाडे १ लाख ३० हजार ३९ नगदसहित पक्राउ परेका छन् । सीमानाकाबाट ४९ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ । ९७ जना हराएकामा ६२ जना फेला परेका छन् ।

सो अवधिमा लागुऔषधसहित ७७ जना पक्राउ परेका छन् भने ५१ मुद्दा दर्ता भएका छन् । पक्राउ पर्नेमा ८ जना महिला छन् । ४ जना भारतीय पुरुष पनि छन् । फागुनमा २६ पुरुष, ३ महिला र १ भारतीय गरी ३० जना लागुऔषधसहित पक्राउ परेकामा १९ मुद्दा दर्ता भएका छन् । चैतमा १८ पुरुष, ३ महिला र ३ भारतीय गरी २४ जना पक्राउ परेकामा १७ मुद्दा र वैशाखमा २१ पुरुष, २ महिला गरी २३ जना पक्राउ परेकामा १५ मुद्दा दर्ता भएका छन् ।

add everest academy
attariya hospital
navjiwan hospital

पक्राउ परेकाहरुको साथबाट लागुऔषध चरेश ६८० ग्राम, खैरो हिरोइन ९३ ग्राम बरामद गरिएको छ । अन्य औषधीजन्य पदार्थहरु पनि बरामद भएको छ । यी तीन महिनामा ११३ जना फरार प्रतिवादी पक्राउ गरिएका छन् । फागुनमा ४३, चैतमा २९ र वैशाखमा ४१ गरी ११३ जना फरार प्रतिवादी पक्राउ परेका हुन् ।

यो अवधिमा २३८ मुद्दा दर्ता हुँदा १९८ पुरुष र २२ महिला गरी २२० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले लागुऔषध, सवारी ज्यान, जबरजस्ती करणी, कर्तव्य ज्यान लगायतका मुद्दामा सो संख्यामा पक्राउ गरिएको बताए ।

उनले प्रहरीबाट जिल्लामा जनचेतना फैलाउने कार्यहरु पनि भइरहेका बताए । उनका अनुसार सो अवधिमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध, सवारी दुर्घटना, महिला हिंसा, बालविवाह न्यूनीकरण, आगलागी नियन्त्रण, आत्महत्या रोकथाम तथा न्यूनीकरण लगायतका ३२५ ओटा जनचेतनामूलक कार्यक्रम गरिएका छन् ।

attariya technical collage