खाेज्नुहाेस

गोदावरीमा एक महिना बाँकी छदै साढे ५ करोड बढी रोयल्टी संकलन

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन्बाट साढे ५ करोड भन्दा बढी रोयल्टी संकलन गरेको छ । नगरपालिका चालु आर्थिक वर्षको वैशाख मसान्त सम्म ५ करोड बढी रोयल्टी संकलन गर्न सफल भएको हो । नगरपालिकाले गत आर्थिक वर्षमा ४ करोड ३९ लाख ८ हजार ८४० रुपैयाँ रोयल्टी संकलन गरेको थियो । तर चालु आर्थिक वर्षमा अझै १ महिना बाँकी छदै नगरले अघिल्लो आर्थिक वर्षभन्दा १ करोड बढी रोयल्टी संकलन गरिसकेको छ ।

नगरपालिकाको चालु आर्थिक वर्षको वैशाख २७ गतेसम्मको तथ्यांक अनुसार नदीजन्य पदार्थबाट नगरले ५ करोड ५८ लाख ३२ हजार ५९० रुपैया संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १ करोड १९ लाख २३ हजार ७५० ले बढी हुन आउँछ । यस वर्ष अझै १ महिना खोलाहरुबाट नदीजन्य पदार्थ उत्खनन् हुने भएकाले रोयल्टीमा अझै वृद्धि हुने नगरपालिकाका राजश्व शाखा प्रमुख खगेन्द्र चौधरीले जानकारी दिए । उनले गत वर्षको तुलनामा नगरले नदीजन्य पदार्थबाट राम्रो रोयल्टी संकलन गरेको बताए ।

add everest academy
attariya hospital
navjiwan hospital

नगरको मुख्य आन्तरिक आयस्रोतका रुपमा नदीजन्य पदार्थको रोयल्टी नै रहेको छ । नगरले प्रत्येक वर्ष नदीजन्य पदार्थको उत्खनन्का लागि ठेक्का आह्वान गर्ने गरेको छ । तर स्थानिय सरकार आएको केही वर्षसम्म ठेकेदार पाएपनि विगत ३/४ वर्षदेखी भने नगरपालिकाले आफैले नदीजन्य पदार्थ उठाउदै आएको छ । अन्तिम पटक आर्थिक बर्ष २०७८/७९ मा ठेकेदार कम्पनि भवानी कन्स्ट्रक्सन प्रालि कञ्चनपुरलाई नदीजन्य पदार्थको रोयल्टी उठाउने ठेक्का पाएको थियो ।

नगरपालिकाले गोदावरीका तिन वटा खोला खुटिया, खौराना र गोदावरी नदीकोे नदीजन्य पदार्थ बिक्रि शुल्कका लागि न्युनतम ५ करोड ५० लाखमा बोलपत्र आह्वान गरेकोमा उक्त कम्पनीले बढीवढावमा ६ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँमा ठेक्का पाएको थियो । तर त्यसपश्चात हालसम्म नगरपालिकाले रोयल्टी संकलनका लागि ठेकेदार पाउन सकेको छैन ।

ठेकेदार कम्पनी नपाउँदा नदीजन्य पदार्थको उत्खनन्मा अनियमितता हुदै गरेको गुनासो आईरहेका बेला नगरले आफैले ५ करो बढीको रोयल्टी संकलन गर्न सफल भएको हो । ठेकेदार कम्पनिलाई ठेक्कामा दिईदा बढी रोयल्टी संकलन भएपनि नगरले आफैले रोयल्टी उठाउँदा ५ करोड बढी रोयल्टी संकलन गरेको भने यो पहिलो पटक हो । यसअघि नगरले आफैले रोयल्टी उठाउँदा साढे ४ करोड सम्म मात्रै संकलन गर्न सकेको छ । यसपटक दर बढ्दा पनि रोयल्टीमा वृद्धि भएको हुन सक्ने बताईएको छ ।

attariya technical collage