खाेज्नुहाेस

भेट्रानमा अक्सन : खेलप्रतिको बढ्दो उत्साह

Image

अत्तरिया – कैलालीको अत्तरियामा विहिबार भेट्रान कप क्रिकेट प्रतियोगिताका लागि अक्सन भयो । पिएफए स्पोट्र्स क्लबले आयोजना गर्न लागिरहेको पाचौँ संस्करणको उक्त प्रतियोगिताका लागि अक्सनमार्फत २७ वटा खेलाडीहरुको बोली लाग्यो । जसमा केही खेलाडीहरु अधिकतम मुल्यमा विक्रि भए भने कतिपयले न्युनतम मुल्यमै चित्त बुझाउनुप¥यो । अक्सनमा परेका खेलाडीहरु सबै उक्त प्रतियोगिताको यसअघिका संस्करणहरुमा उत्कृष्ट प्रर्दशन गरेकाहरु मध्येबाट थिए ।

प्रतियोगीतामा यस अघिकै ८ वटा र एउटा थप गरेर ९ वटा टिमको सहभागिता रहेको छ । सो टिमहरुले ३÷३ जनालाई अक्सन मार्फत खरिद गरे, जुन अनिवार्य नै थियो । अक्सनमा सहभागी खेलाडीहरुलाई प्रतिखेलाडी कम्तिमा ५ हजार देखि बढीमा १५ हजार सम्म एउटा टिमले खर्च गर्न पाउने नियम थियो र सोही अनुसार खेलाडीहरु खरिद गरिए । कुनै खेलाडीका लागि दुई वा सो भन्दा बढी टिमले अधिकतम मुल्यमा बोली लगाएको अवस्थामा गोलाप्रथाबाट उक्त खेलाडी कुन टिममा पर्ने भन्ने निर्णय गरिएको थियो ।

add everest academy
attariya hospital

काठमाडौंमा हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल), धनगढीमा हुने धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) लगायतका फ्रेन्चाईज क्रिकेटले नेपालमा अक्सनको अवधारणा ल्याएको थियो । यिनिहरुकै कारण नेपाली क्रिकेट चलायमान पनि बनेको थियो । धनगढीमा हुने डिपिएलले नै सुदूरपश्चिममा क्रिकेटको स्तर वृद्धि गरेको थियो । सुदूरपश्चिममा क्रिकेटलाई एक उचाई दिन सफल डिपिएल पछिल्लो केही वर्ष यता सुरु हुन सकेको छैन । अक्सनबाट खेलाडी खरिद गरेर खेलाईने डिपिएल बन्द हुँदा त्यसको नकारात्मक प्रभाव खेलाडी एवम् क्रिकेटप्रेमीहरुमा पर्नु स्वाभाविक हो ।

अक्सनबाट खेलाडी खरिद गरिदा यसले युवाहरुमा खेलप्रतिको अभिरुची बढ्ने र कर्पाेरेट क्षेत्र पनि नेपाली क्रिकेटसँग जोडिने आधार बन्छ । विगत केही वर्ष देखी रोकिएको डिपिएलका कारण निराश बनेका क्रिकेट प्रेमीहरुमा केही उत्साह थप्न पिएफएले भेट्रान कपको पाँचौ संस्करणलाई अक्सन अवधारणामा सञ्चालन गर्न लागिरहेको हो । भेट्रानमा पहिलो पटक सुरु भएको अक्सन अवधारणाले खेलाडी र टिमहरुमा पनि सकारात्मक प्रभाव परेको देखिएको छ । अक्सनमार्फत आफ्नै टिमका खेलाडीहरु किन्नु परेपनि खेल व्यवस्थीत हुँदा खुसी लागेको उनिहरुले बताएका छन ।

अत्तरियामा रहेको टिम माईकिज क्याफेका सहयोगी र खेलाडी पनि रहेका कमल कडायतले खेललाई व्यवसायीक बनाउन अक्सन अवधारणा ल्याउनु एकदमै राम्रो भएको बताए । उनले अक्सनकै कारण खेलाडीहरुमा खेलप्रति नयाँ उत्साह थपिएको बताए । जिल्ला र केन्द्र स्तर सम्मका खेलहरु खेलेर उमेर र फिटनेसका कारण अगाडी बढ्न नसकेकाहरुका लागि भेट्रानले प्लेटफर्म दिएको बताउदै उनले भेट्रान खेलेर पनि आम्दानी गर्न सकिन्छ भन्ने दर्शाएको बताए ।

attariya technical collage
navjiwan hospital

उनले भेट्रानमा अक्सन लागु गरिदा अब यसलाई स्वास्थ्यका साथसाथै आम्दानीको स्रोतका रुपमा पनि हेर्न सकिने बताए । उनले आगामी दिनहरुमा पनि अक्सन अवधारणालाई व्यवस्थीत गर्दै अगाडी बढाउन आवश्यक रहेको बताए ।
गुलरिया बुल्स्का कप्तान टि.आर भट्टले प्रतियोगीतामा लागु गरिएको अक्सन अवधारणाले खेलाडीहरुको हौसला बढाउने काम गरेको बताए ।

उनले अक्सनले टिम र खेलाडी दुवैलाई भविष्य सम्मका लागि फाईदा रहेको पनि बताए । ‘यो अवधारणाले खेलाडीहरुमा खेलप्रति उत्साह बढाएको छ’ उनले भने ‘खेलाडीको मनोबल बढाउन तथा टिमलाई मजबुत र बलियो बनाउन अक्सन अवधारणा अनिवार्य छ ।’ उनले भेट्रानका लागि मात्रै नभई अक्सन अवधारणा अन्य प्रतियोगिताहरुमा पनि लागु गरिनुपर्ने बताए । उनले तत्कालका लागि टिमहरुले आर्थिक रुपमा केही समस्या झेल्नुपरेको भएपनि यसलाई व्यवस्थीत बनाउदा भविष्यमा स्पोन्सरहरुले पनि टिमहरुलाई आर्थिक सहयोग गर्न सक्ने बताए ।

यस्तै न्यू ग्वासी सहारा युवा क्लबका सचिव तथा टिम कप्तान अरुण भण्डारीले अक्सन अवधारणा एकदमै राम्रो भएको बताए । उनले खेलाडीहरुलाई आर्थिक रुपमा सबल बनाउन र खेललाई व्यवसायीक बनाउन यो अवधारणा अनिवार्य लागु गरिनुपर्ने बताए । उनले अक्सन अवधारणाले खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको प्रतिभाको कदर गरेको बताए । ‘हाम्रै टिममा खेल्ने कतिपय खेलाडीहरु विदेशिनु परेको छ, उनिहरुसँग प्रतिभा हुँदाहुदै पनि आम्दानीको स्रोत नहुँदा खेल छोड्नुप¥यो’ उनले भने ‘यस्ता कयौँ खेलाडीहरुलाई अक्सनले अवसर दिएको छ, प्रतिभा भए खेलबाट पनि कमाउन सकिन्छ भन्ने एउटा आधार तयार गरिदिएको छ ।’ उनले अक्सनका लागि अर्थ जुटाउन टिमहरुलाई सुरुवाती चरणमा केही समस्या भएको भएपनि यसलाई व्यवस्थीत बनाएर अगाडी बढे आगामी दिनहरुमा टिमहरुले पनि सजिलै सँग स्पोन्सरहरु प्राप्त गर्न सक्ने बताए ।

अक्सनमा ९ खेलाडीलाई अधिकतम मुल्य

बिहिबार भएको अक्सनमा कुल २७ मध्ये ९ खेलाडीले अधिकतम मुल्य पाएका छन । नियमानुसार एउटा टिमले एउटा खेलाडीका लागि अक्सनमा खर्च गर्न सक्ने अधिकतम मुल्य रु. १५ हजार हो । जसमा कैनोडा लायन्सले २ जना, गुलरिया बुल्स्ले २ जना, न्यू ग्वासी सहारा युवा क्लबले १ जना, अनुपमा अलराउन्डर्सले १ जना, सुपर स्पोट्र्स क्लबले १ जना, महेन्द्रनगर ब्वाईजले १ जना र टिम माईकिज क्याफेले १ जनालाई अधिकतम मुल्य दिएको छ ।

अधिकतम मुल्य दिईएका ९ जनै खेलाडीहरुलाई एक भन्दा बढी टिमले खरिद गर्न चाहेको भएपनि गोलाप्रथाबाट टिमको छनौट गरिएको थियो । अक्सनमा खेलाडी खरिद गर्न अत्तरियामा रहेको कैनोडा सप्लायर्सले सबैभन्दा बढी रकम खर्च गरेको छ । कैनोडाले ३ वटा खेलाडीहरु खरिद गर्नका लागि ४३ हजार रुपैया खर्च गरेको छ । त्यस्तै गेटा ब्लास्टरले भने सबैभन्दा कम रकममा ३ वटा खेलाडी खरिद गरेको छ । उसले ३ वटा खेलाडी खरिद गर्नका लागि १५ हजार रुपैया खर्च गरेको छ ।

अन्य टिमहरुमा न्यू ग्वासी सहाराले २५ हजार, अनुपमा अल्राउन्डर्सले ३३ हजार, बुढा बागले २१ हजार, सुपर स्पोट्र्स क्लबले २५ हजार, महेन्द्रनगर ब्वाईजले २५ हजार, गुलरिया बुल्स्ले ३५ हजार र टिम माईकिज क्याफेले २७ हजार रुपैया खर्च गरेका छन ।