खाेज्नुहाेस

सुदूरपश्चिममा १६० मलेरियाका बिरामी, सबैभन्दा बढी कैलालीमा

Image

अत्तरिया – सुदूरपश्चिममा १६० जना मलेरियाका बिरामी रहेका पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार गत वर्षभन्दा यो वर्ष मलेरियाका बिरामी बढेको पाइएको हो ।

navjiwan hospital

गत वर्ष प्रदेशमा १५० जना मलेरियाका बिरामी रहेकामा यस वर्ष यो संख्या १० ले बढेर १६० जना पुगेको हो । तथ्याङ्क अनुसार मलेरियाका बिरामी सबैभन्दा बढी कैलालीमा छन् । जिल्लामा यस वर्ष ९८ जना मलेरियाका बिरामी रहेका छन् । गत वर्ष ७३ जना रहेकामा यस वर्ष बढेर ९८ जना पुगेको छ ।

add everest academy
attariya hospital

त्यसपछि कञ्चनपुरमा मलेरियाका बिरामी धेरै छन् । जिल्लामा १६ जना मलेरियाका बिरामी छन् । गत वर्ष २८ जना रहेकामा यस वर्ष भने यो संख्या घटेको हो । त्यसैगरी अछाममा १४ जना, डोटी र बाजुरामा १०/१० जना, डडेल्धुरामा ६, बैतडीमा ४ र दार्चुलामा २ जना मलेरियाका बिरामी रहेका छन् । बझाङमा भने यो संख्या शून्य छ । त्यहाँका एक जनामा पनि मलेरिया नपाइएको हो । गत वर्ष भने बझाङमा २ जनामा मलेरिया पाइएको थियो ।

त्यस्तै, गत वर्ष अछाम, डोटी, बाजुरा, डडेल्धुरा र बैतडीमा क्रमशः २०, ७, ११, ६ र ३ जना मलेरियाका बिरामी थिए । दार्चुलामा भने एक जना पनि मलेरियाका बिरामी थिएनन् । मलेरियाका बिरामी गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालु आर्थिक वर्ष २०८०/०८१ मा कुनै जिल्लामा घटेका त कुनै जिल्लामा बढेका पाइएका छन् । चालु वर्षमा समग्रमा प्रदेशभर मलेरियाका बिरामीको संख्या बढेको पाइएको छ । मलेरियाका बिरामीलाई निःशुल्क औषधी प्रदान गरिँदै आएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।