खाेज्नुहाेस

गोदावरीमा अतिक्रमण बढ्यो

Image

अत्तरिया – कैलालीको धार्मिक एवम् पर्यटकीय क्षेत्र गोदावरीमा वन तथा सार्वजनिक जग्गाको अतिक्रमण बढेको छ । राम्रो सम्भावना बोकेको यो क्षेत्रमा पहुँचकै आधारमा वन तथा सार्वजनिक क्षेत्रमा अतिक्रमण गर्न थालिएको हो । पर्यटकको चहलपहल रहने र राजधानी पनि तोकिएको यो क्षेत्रमा राजनीति पहुँच भएकाहरूले नै अतिक्रमण गर्न थालेका छन् । अतिक्रमण बढेपछि स्थानीय विरोध गरे पनि खुलेर बोल्न सक्ने अवस्था छैन । पछिल्लो समय गोदावरीको काठे पुल छेवैमा सडक र वनको क्षेत्रमा रहेको जग्गामा राप्रपाका एक नेताले खुलेआम डोजर नै चलाएर अतिक्रमण गरेका छन् ।

राप्रपाका नेता जीवन धामी (जय) ले आफ्नो भोगाधिकार रहेको भन्दै सडक र वनको जग्गामा जेसीबी चलाएका हुन । उनले पुरानो काठे पुल जाने सडक किनारमा ४ वर्ष अघि ऐलानी जग्गा किनेको भन्दै जेसिवी चलाएर घर निर्माणको तयारी थालेका छन् । तर, स्थानीयले भने उनले किनेको जग्गा भन्दा बढी सार्वजनिक जग्गामा जेसिवी चलाएर अतिक्रमण गरेको दाबी गरेका छन् ।

add everest academy
attariya hospital

navjiwan hospital

स्थानीय गणेश पाण्डेका अनुसार देवरीया वनस्पति उद्यानको नाममा रहेको सो क्षेत्र २०५४ साल तिर मन्दिरलाई भोगचलन गर्न दिइएको थियो । पछि मन्दिरको जग्गाको बिचबाट २०७१ सालमा फुलबस्ती जाने सडक खनिएपछि सडक माथिको जग्गा बजरंगबली सामुदायिक वनमा गाभिएको थियो ।

मन्दिरका पुजारी समेत रहेका पाण्डेले पछिल्लो पटक सडक किनारामा बनेका धेरैजसो घरको नापी भइसकेको बताए । हाल सार्वजनिक जग्गामा जेसिवी चलाएर अतिक्रमण गरेका धामीले पनि कुनामा थोरै जग्गा नपाएका भए पनि त्यो भन्दा बढी जग्गा अतिक्रमण गरेपछि स्थानीयले विरोध जनाएका हुन । कैलाली क्षेत्र नम्बर ४ बाट प्रदेशसभामा चुनाव समेत लडिसकेका धामीले माथिबाटै रेटिङ मिलाएर त्यत्रो जग्गा अतिक्रमण गर्ने आट गरेको स्थानीयको दाबी छ ।

attariya technical collage

गोदावरीमा भूमि आयोगले नापी गर्ने क्रममा भोगचलन गरेका जग्गा भोगचलन गरेकै व्यक्तिमा नपाउने क्रममा धेरैले घुस पिट गरेको स्थानीयको आरोप छ । भूमि आयोगले १० वर्ष यता भोगचलन गरेको जग्गा सम्बन्धित व्यक्तिको नाममा नापी गर्ने जनाए पनि गोदावरी क्षेत्रमा भने २/४ वर्ष यता मात्रै भोगचलन गरेको जग्गा पनि नापी गरिएको छ । धामीले भने ५ वर्ष अघि मात्रै आफूले त्यो जग्गा अर्को व्यक्तिबाट खरिद गरेको बताएका छन् । उनले आफ्नो नाममा नापी भएको भन्दा बढी जग्गा कटान गरेको स्वीकार गर्दै पछि रोडमा परे छोड्ने बताए ।

हाल उनले अतिक्रमण गरेको जग्गामा घर निर्माणका लागि पनि काम सुरु गरिसकेका छन् । गोदावरीमा उनी मात्रै नभएर अन्य ठाउँमा पनि धेरै अतिक्रमण गरेर भूमि आयोगमा जग्गा नपाउने काम भएको स्थानीयहरूले बताएका छन् ।
यता सब डिभिजन वन कार्यालय अत्तरियाले भने वन अतिक्रमण भएको बारेमा जानकारी नआएको जनाएको छ । कार्यालयका प्रमुख निराजन कँडेलले वन नै अतिक्रमण गरेर जेसिवी चलाएको जानकारी नभएको बताए ।