बाजुरामा नदीमा बगेका दुई बालिका अझै फेला परेनन्

अत्तरिया- बाजुरामा नदीमा बगेर बेपत्ता भएका दुई बालिका अझै फेला परेका छैनन् ।

maya metro hospital

जिल्लाको जगन्नाथ गाउँपालिका-२ बस्केना बस्ने नन्दबहादुर शाहकी छोरी १५ वर्षीया सोबिना शाह र सोही ठाँउ बस्ने भुपेन्द्र शाहीकी छोरी १३ वर्षीया सन्जु कुमारी शाही बिहीवार दिउँसो घर नजिकै कर्णाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए ।

प्रहरीले दुबै बालिकाको खोजी कार्य भइरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्ला र मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको टोलीले खोजी कार्य गरिरहेको जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.