खाेज्नुहाेस

आमाले आँगनमा बनाएको पार्कले जन्माएको ‘ग्रीन पार्क’

Image

अत्तरिया– कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ चन्दनबस्ती टोलका ३६ वर्षीय ललित गिरी ‘ग्रीन पार्क’ बनाइरहेका छन् । आफ्नै गाउँमा ‘एलजी लिटिल ग्रीन पार्क’ नाम दिई पार्क बनाइरहेका उनी ६ वर्षदेखि डिजे–टेन्टको व्यवसाय पनि गरिरहेका छन् । ललितले आफूसँग भएको १६ कठ्टा जमिनमा पार्क बनाउन लागिरहेका हुन् ।

वितग तीन वर्षदेखि पार्क निर्माण थालेको बताउने उनी पार्कको सबै काम अझै सक्कि नसकेको बताउँछन् । ‘मैले पार्क बनाउन थालेको तीन वर्ष भइसक्यो, अझै काम पूरा भइसकेको छैन, धेरै जना पार्क भनेर भित्र पस्न खोज्नुहुन्छ, काम पूरा नभाको हुँदा बाहिर बोर्ड नै लगाछुँ, प्रवेश निषेध भनेर’, उनले भने । अहिले पार्कमा लगाइएका बोटबिरुवा हुर्किरहेकाले भित्र कसैलाई पनि पस्न नदिइएको उनी बताउँछन् । ‘बोटबिरुवाहरु लगाइका छन्, मान्छेहरु भित्र पसे भने बोटबिरुवाका अगाडिपछाडि नै हिँड्ने हुन्’, उनी भन्छन्, ‘त्यसरी हुर्किरहेका बोटबिरुवाहरु टच भयो भने राम्ररी हुर्किन पाउँदैनन्, त्यसैले कसैलाई पस्न दिइया छैन ।’

add everest academy
attariya hospital

पार्कभित्र बोटबिरुवा हुर्काइरहेका उनले पार्क सँगसँगै कटेज, विवाहका लागि ब्याङ्केट हल, ५ ओटा कोठासहितको लज, ५० देखि ६० जना अटाउने मिटिङ्ग हल, स्विमिङ्ग पुल, ३ ओटा वाटर फाउन्टेन, बच्चाहरुका खेल सामग्रीसहितको बगैँचा बन्ने बताए । पार्क निर्माणमा अहिलेसम्म ३० लाख रुपैयाँ जति खर्च लागिसकेको र एक करोड रकमभन्दा बढी नै खर्च हुन आउने उनी बताउँछन् ।

उनी आउँदो दसैँमा पार्क उद्घाटनको तयारीमा छन् । त्यतिञ्जेल पार्कका धेरै कामहरु सम्पन्न भइसक्ने र केही कामहरु बाँकी राखेर पार्क उद्घाटन गरिने उनी बताउँछन् । ‘ब्याङ्केट हल र मिटिङ्ग हल बन्न बाँकी रहन्छ होला, त्यो अर्को वर्षसम्मै जान्छ होला, बाँकी काम सकेर दसैँमा ओपनिङ्ग गर्छुँ’, उनले भने । उनले पार्कको नाममै ग्रीन भएकाले हरियालीलाई विशेष जोड दिइएको बताए । पार्क भित्रका प्रत्येक संरचना हरियाली तथा हरियोसँग जोडिएर बन्ने उनी बताउँछन् ।

navjiwan hospital

attariya technical collage

पार्क निर्माण गरी व्यवसाय थाल्ने सोच आउनु अनि त्यो सोचलाई सार्थक पार्दै लैजानुमा आफ्नी आमाको ठुलो योगदान रहेको उनी बताउँछन् । ‘हाम्रो घरको आँगनमा पहिलेबाटै सानो चिटिक्क परेको पार्क छ, सायद गाउँभरिमै सबैभन्दा पुरानो अनि पार्क नै बनाइएको हाम्रै घर होला’, उनी भन्छन्, ‘हाम्रो घर पार्कवाला घर भनेर पनि चिनिन्छ, आमाले पार्क बनाएको देख्दादेख्दै नै मेरो माइण्डमा पार्क बनाएर व्यवसाय गर्न सकिन्छ भन्ने सोच आएको हो ।’

गाउँमा कसैले नगरेको काम अलि नयाँ खालको काम के छ भनेर सोच्दै जाँदा आमाले बनाएको हरियो बगैँचा नै आफ्ना लागि प्रेरणाको स्रोत बन्न पुगेको उनी बताउँछन् । आमाको हरियो बगैँचाले आफ्नो दिमागमा ग्रीन पार्क जन्माइदिएको उनी बताउँछन् । ललितले यो काममा उनलाई बुबा र भाइले पनि उत्तिकै साथ दिइरहेका बताए । ‘ग्रीन पार्कको आइडिया भाइको दिमागमा पनि रहेछ, उसले म सँग आइडिया शेयर गरेपछि हामी यो कामका लागि तयार भयौँ’, उनले भने, ‘त्यही क्रममा भाइ विदेश (रोमानिया) गयो, मैले पार्क बनाउन थाले, अहिले पार्क हेरचाहको सबै काम बुबाले गर्नुहुन्छ, ममीबुबाले पार्कको सबै काम हेरिरहनुभएको छ ।’

घरपरिवारका सबैको सोच मिल्दा दुबै भाइले देखेको सपना पूरा हुन गइरहेको उनी बताउँछन् । डिजे–टेन्टको व्यवसाय गरिरहेका उनलाई गाउँमा हुने विवाहहरुमा डिजे–टेन्ट मात्रै नभई बिहेका लागि पनि हलहरुको व्यवस्था भएको भए सजिलो हुन्थ्यो, बाहिर जान झ्याउ हुन्छ भन्ने जस्ता कुराहरु आाउन थालेपछि आफूमा अब त यसमा लाग्नैपर्छ भन्ने सोचले बढावा पाएको ललित बताउँछन् । उनले पार्कको नाम एलजी भनेर आफ्नै नामबाट राखेका हुन् ।