खाेज्नुहाेस

गोदावरीमा बीस हजार पशुलाई निःशूल्क खोप

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका करिब २० हजार पशुलाई निःशूल्क खोप लगाईएको छ । नगरपालिकाको पशु सेवा शाखाले नगरभित्र रहेका १९ हजार ८५३ पशुलाई निःशूल्क खोप लगाएको हो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीसँगको समन्वयमा नगरभित्र हाल ३ प्रकारका खोपहरु लगाईसकिएको नगरपालिकाका नायब पशु सेवा प्राविधिक टेक शाहुले जानकारी दिए । उनले चालु आर्थिक वर्षमा अझै ३/४ प्रकारका खोपहरु लगाउन बाँकी रहेको बताए । ‘नगरपालिकाले विज्ञ केन्द्रसँग समन्वय गरेर प्रत्येक वर्ष यस्ता खोपहरु निःशूल्क रुपमा लगाउदै आएको छ’ उनले भने ‘चालु आर्थिक वर्षमा हालसम्म ३ प्रकारका खोप लगाएका छौ, अझै ३/४ प्रकारका खोप लगाउन बाँकी छन ।’ उनका अनुसार नगरले हालसम्म पिपिआर, एफएमडि र रेविज विरुद्धको खोप लगाईसकेको छ । जसमा पिपिआर खोप लागेका जनावरको संख्या ९ हजार रहेको छ । यस्तै एफएमडि खोप लागेका जनावरको संख्या ८ हजार ७६६ रहेको छ भने रेविज विरुद्धको खोप लागेका जनावरको संख्या २ हजार ८७ रहेको छ ।

add everest academy
attariya hospital

नगरले बाख्रा, कुखुरा, गाईभैसी, बंगुर, कुकुर, विरालो लगायतका जनावरहरुमा खोपहरु लगाउने गरेको छ । चालु आर्थिक वर्षमा अझै लम्पी स्किन, अफ्रिकन स्वाईन फिभर, रानी खेत रोग विरुद्धको खोपहरु लगाउन बाँकी रहेको शाहुले बताए । नगरले लगाउने खोपहरु जनावरमा रोग लाग्नै नदिनका लागि भएको उनले बताए । उनका अनुसार यस्ता रोगहरु लागेमा उपचार नभएकाले रोग लाग्नुभन्दा अगाडी नै खोप लगाउने गरिएको हो । ‘हामीले खोप लगाउने मध्येका केही केही रोगहरु त लागेपछि उपचार नै छैन’ उनले भने ‘त्यसैले नगरले रोग लाग्नै नदिनका लागि अग्रिम रुपमा खोपहरु लगाउने गरेको छ ।’

उनले किसानहरुको सहजताका लागि कुनै खोपको लागि शिविर सञ्चालन गरेर तथा कुनै खोपहरु टोल टोलमै गएर लगाउने गरिएको बताए । उनका अनुसार नगरमा रहेका किसानहरुलाई आर्थिक रुपमा हानी नहोस भन्नका लागि निःशूल्क रुपमा खोप लगाउने गरिएको छ । नगरका १२ वटै वडाहरुमा उक्त खोपहरु लगाउने गरिएको उनले बताए । ‘प्रत्येक वडाकार्यालय मार्फत सूचना दिएर प्रायःजसो घरदैलोमै खोप लगाउने गरेका छौ’ उनले भने ‘रेविजका लागि भने नगरले शिविर नै सञ्चालन गर्ने गरेको छ । यसका लागि नगरले अभियान पनि सञ्चालन गरेको छ ।’

navjiwan hospital

उनले सन २०३० सम्म कुकुरको टोकाईबाट हुने रेविज रोगलाई शून्यमा झार्ने सरकारको लक्ष्य अनुरुप नगरले अभियान सञ्चालन गरेर रेविज विरुद्धको खोप लगाउने कार्य गरिरहेको बताए । उनका अनुसार नगरले रेविजको खोपका लागि प्रत्येक वर्ष अभियान सञ्चालन गर्ने गरेको छ । ‘रेविज मानव स्वास्थ्य सँग पनि जोडिएको छ, त्यसैले पनि सरकारले यसको निराकरणका लागि लक्ष्य लिएको छ’ उनले भने ‘सोही अनुसार नगरले पनि प्रत्येक वर्ष अभियान सञ्चालन गरेर यो रोगविरुद्धको खोप लगाउने कार्य गरिरहेको छ ।’

attariya technical collage

किसान हर्षित 

घरदैलोमै निःशूल्क रुपमा खोपहरु लगाउन पाएपछि किसानहरु पनि हर्षित भएका छन । पछिल्लो समय लम्पी स्किनको प्रकोपका कारण भोग्नुपरेको क्षति जस्तै आगामी दिनमा पनि हुने होकी भन्ने चिन्तामा रहेका किसानहरु निःशूल्क रुपमा खोप पाउन थालेपछि भने खुसी भएका हुन ।

नगरको वडा नं. १२ सिमका लाल बहादुर ओलीले नगरले लगाउने खोप सुविधा नियमित रुपमा पाईरहेको बताए । उनले आफुले लगाए महंगो पर्न जाने खोप घरमै निःशूल्क रुपमा पाउँदा आफु एकदमै हर्षित भएको बताए । ‘एउटा बाख्रालाई दवाई ल्याउन अत्तरिया जानुपर्छ, सबै खर्च मिलाएर करिब ३ हजार जति लागिहाल्छ’ उनले भने ‘तर नगरले घरमै आएर खोप लगाउन थालेपछि त्यो पैसा बचत भएको छ, निःशूल्क खोप सेवा पाउँदा एकदमै खुसि छु ।’

उनले आफ्नो बाख्राहरुलाई एफ.एम.डि र पि.पि.आर विरुद्धको खोप लगाएको बताए । उनले नगरका कर्मचारीहरुले टोलटोलमै आएर खोप लगाउने गरेको समेत बताए । उनले आफुले नगरबाट यो वर्ष गरेर तिन पटक बाख्राहरुलाई खोप लगाईसकेको समेत बताए ।

यस्तै अर्का किसान पासाङ तामाङले नगरबाट प्राप्त हुने निःशूल्क खोपका कारण जनावरहरुलाई सुरक्षित राख्न सकिएको बताएका छन । नगरकै वडा नं. ४ बुढितोलाका उनले महामारीको रुपमा देखिने पि.पि.आर रोगबाट बाख्राहरुलाई बचाउन खोपले मद्दत गरेको बताए । उनले आफुले २÷२ वर्षमा बाख्राहरुलाई पि.पि.आर विरुद्धको खोप लगाउदै आएको बताए । नगरका कर्मचारीहरु फर्ममै पुगेर बाख्राहरुलाई खोप लगाउने गरेको उनको भनाई छ ।