खाेज्नुहाेस

कञ्चनपुरमा लाखौँ रकम ठगेर लक्ष्मी फरार, पाउनेलाई १ लाख पुरस्कार

Image

अत्तरिया- कञ्चनपुरमा स्थानीयको लाखौँ रकम ठगेर एक महिला फरार भएकी छन् । जिल्लाको बेलौरी नगरपालिका-१० घर भएकी लक्ष्मी जोशी बेलौरीका स्थानीयबाट पैसा ठगेर फरार भएकी हुन् । बेलौरी-८ का महेशसिंह विष्टबाट मात्रै उनले १८ लाख ५३ हजार रुपैयाँ लगेकी छन् । ‘घरायसी खर्च भनेर मागेकी थिइन्, कलकत्तामा उनको कस्मेटिक पसल पनि थियो, अहिले श्रीमान श्रीमती दुबै जना फरार छन्’, उनले भने, ‘राम्रै गर्याथे यिनीहरुले, कस्मेटिक पसल राम्रै ठुलै थियो, लास्टमा सबैको पैसा खाएर भागे दुबै जना ।’

विष्टका अनुसार सुरुमा लक्ष्मीका बुढाले सो रकमको तमसुक बनाएर ६ महिनाको भाका दिएका थिए । भाका सकिएपछि विभिन्न बहाना बनाउँदै उनीहरुले पैसा फिर्ता गरेनन् । दुई वर्ष अगाडि पैसा लगेकी लक्ष्मीले एक वर्ष अगाडि १८ लाख ५३ हजार रुपैयाँको चेक दिएकी तर सो खातामा पैसा नभएपछि विष्टले प्रहरीमा निवेदन दिई पक्राउ गर्न लगाए । ‘मैले यिनको नाममा बैङ्किङ कसुरमा जिल्ला अदालत कञ्चनपुरमा मुद्दा हाले, मुद्दा हालिसकेपछि धनगढीबाट प्रहरीले बल्लतल्ल पक्राउ गर्यो, लुकेर बसेकी थिइन् यिनी’, उनले भने, ‘त्यहाँबाट यिनलाई इप्रका बेलौरी ल्याएर अनि जिल्ला लगियो, लगभग २५ दिनजति जिल्लामा बसिन्, पछि एक लाख रुपैयाँ धरौटीमा छुटेकी हुन् ।’

add everest academy
attariya hospital

बाहिर आइसकेपछि उनले आफूसँग मुद्दा लडेको उनी बताउँछन् । मुद्दामा गत पुस ९ गते आफ्नो पक्षमा फैसला भएको तर उनी भने फरार रहेकी विष्ट बताउँछन् । आफ्नो एक वर्ष समय मुद्दामै बितेको उनले बताए । लक्ष्मीबाट धेरै मान्छे पीडित रहेका उनी बताउँछन् । उनले बेलौरी क्षेत्रका मान्छेबाट एक करोडभन्दा बढी नै रकम खाएकी र बढीजसो महिलाबाट नै पैसा लगेकी उनी बताउँछन् । गायब रहेका लक्ष्मीका दम्पतीले दुई छोराछोरी पनि कहाँ राखे भन्ने पत्तो नभएको विष्ट बताउँछन् । ‘एउटा छोरा एउटी छोरी हो, उनीहरुलाई पनि कहाँ राखेका छन् थाहा छैन’, उनी भन्छन्, ‘घर सासूससुरा छन्, सासूससुरा चाँही हामी जान्दैनौँ भन्छन्, उले खाको उले लगेको उही जानोस्, उहीबाट लिनुहोस् भन्छन् । हुन त ससुराले एक/दुई जनाको त तिरेजस्तो लाग्छ, सुने अनुसार, तर हामीले अरु कसैले पाछैनौँ ।’

navjiwan hospital

बेलौरी-१० शिवनगरकी शान्ति थापाको कलकत्ता बजारमा कस्मेटिक पसल छ । उनीबाट पनि लक्ष्मीले एक लाख ५० हजार रुपैयाँ लगेकी छन् । ‘घर किन्दैछुँ, एड्भान्स दिनुपर्ने छ भन्दै मागिन्, एक हप्तामै रिटर्न गर्छुँ भनेकी थिइन्, पछि त सम्पर्कमै आइनन्, अहिले फोन पनि लाग्दैन’, उनले भनिन्, एक हप्तामा दिई हाल्ने, काम चलाउनु त हो भनेर दिएको ।’ शान्तिले २०७९ कार्तिक २३ गते लक्ष्मीलाई पैसा दिएकी थिइन् ।

बेलौरी-१० शिवनगरकै हिमानी खड्काले पनि लक्ष्मीलाई ३ लाख २० हजार रुपैयाँ दिएकी थिइन् । ‘काम चलाउनका लागि भनेर दिएँ, पछि सम्पर्कविहीन भइन्, बिचमा अझ सम्पर्कमा आएकी हुन्, खाने हैन, दिन्छुँ भन्ने कुरा गर्ने, हाम्लाई खालि अल्झाई राख्ने, अहिले त फोनै लाग्दैन’, उनले भनिन् । हिमानीको पनि कलकत्ता बजारमा कस्मेटिक पसल छ ।

attariya technical collage

शिवनगरकै सुनिता जोशीको परिवारबाट पनि उनले ८ लाख रुपैयाँ लगेकी छन् । चार लाख मैले दिएँ, दुई लाख मेरी भतिजीबाट लगिन्, दुई लाख भतिजे बुहारीबाट लगिन्, उनी भन्छिन्, मैले त तीन रुप्या (रुपैयाँ) व्याजमा भनेर दिएकी थेँ, भतिजी र बुहारीको पैसा त केही दिनमै दिन्छुँ भनेकी थिइन् । लक्ष्मीले पैसा माग्दा अरुसँग पैसा मागेको बारे नभन्नु भन्ने गरेकी थिइन् । अरुलाई नभन्नू भन्ने, गाउँभरि सबैबाट माग्ने रहेछ, हामीले त पछि थाहा पायौँ, उनले भनिन् । सुनिताको परिवारबाट उनले भोलि नै भाइको बिहे छ, जसरी नि पैसा चाहिएको छ भन्दै पैसा मागेको सुनिताले बताइन् ।

महेशसिंह विष्टले भने लक्ष्मीलाई कसैले फेला पारे एक लाख रुपैयाँ पुरस्कार पनि दिने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक लाख रुपैयाँ पुरस्कार पनि दिने भन्दै लक्ष्मीको फोटोसहित राखेका छन् ।