खाेज्नुहाेस

गोदावरीमा खोलाको अतिक्रमण हटाउने सूचना कार्यान्वयन भएन

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले खोलाको अतिक्रमण हटाउनका लागि सूचना निकालेको डेढ वर्ष पुग्न लागेको छ । नगरपालिकाले पहिलो पटक २०७९ असोज १२ गते खोलानाला अतिक्रमण गरी बनाइएका संरचना हटाउन ९० दिने सूचना प्रकाशित गरेको थियो ।

सो अवधिमा कसैले पनि संरचना नहटाएपछि पुनः पुष १३ गते सूचना प्रकाशित गर्दै नगरपालिकाले पुष ३० गतेसम्मका लागि अतिक्रमित क्षेत्रमा बनेका संरचनाहरू हटाउन म्याद तोक्यो । सूचनामा तोकिएको समयमा संरचना नहटाइए नगरपालिकाले आफै हटाउने चेतावनी दिएको थियो । तर, खोलानालाको अतिक्रमण हटाउन सूचना निकालेको डेढ वर्ष बित्नै लाग्दा पनि अतिक्रमण भने हटेको छैन । नगरपालिकाले वाहवाही पाउन निकालेको सूचना अहिले सूचनामै सीमित बनेको छ । स्थानीयले सूचनाको बेवास्ता गरे कारवाही गर्ने नगरपालिकाको चेतावनी पनि कागजमै सीमित बनेको छ ।

add everest academy
attariya hospital

नगरपालिकाले सूचना निकालेर राजमार्ग किनारका टहरा, छज्जा भत्काए पनि वर्षौँदेखि खोला अतिक्रमण गरेका संरचनामा हटाउन भने तदारुकता देखाउन सकेको छैन । जबकी नगरपालिकाले खोला अतिक्रमण गरेको क्षेत्रको रेखाङ्कन समेत गरिसकेको छ ।

खोलानालाको अतिक्रमणका कारण अहिले स्थानीयले वर्षातमा डुबानको समस्या झेल्दै आएका छन । छिमेकी पालिका धनगढीले खोलानालामा अतिक्रमण गरी बनाईएका संरचनाहरुमा धमाधम डोजर लगाएको भएपनि गोदावरीले भने सूचना मात्रै निकाल्ने काम गरेको छ । नगरपालिका म्याद तोकेर चेतावनी दिएर पनि खोलाको अतिक्रमण नहट्दा के गर्ने भन्ने निर्णय भने गर्न नसकेर मौन बसेको छ । नगरपालिकाको वडा नम्बर १ र २ मा रहेको अत्तरिया बजार क्षेत्रका अहिले खोला अतिक्रमण गरेर ठूला– ठूला घर ठडिएका छन् । नगर भित्र राजनीतिक नेतृत्वमा रहेका, अगुवा, बुद्धिजीवी भन्नेहरुले नै खोलाबाटै पिल्लर ठड्याएर घर निर्माण गरेका छन ।

navjiwan hospital

अत्तरियामा सबैभन्दा बढी अत्तरियाको बरपिपल गल्लीमा खोला अतिक्रमण गरेर घर निर्माण गरिएका छन । नगरपालिकाले सो गल्लीबाटै खोला अतिक्रमण गरी अवैध संरचना हटाउने भनेपनि कहिले हटाउने टुङ्गो छैन ।

attariya technical collage

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले भने उक्त विषयमा आफूलाई जानकारी नभएको बताए । उनले सूचना जारी भएको समयमा आफू अन्त पालिकामा भएकाले ति सूचनाहरूको बारेमा कुनै जानकारी नभएको बताए । ‘ति सूचनाहरू निकाल्ने समयमा म यहाँ थिइन, के हो कस्तो हो भन्ने विषयमा मलाई जानकारी छैन’ उनले भने ‘सूचनाहरू किन कार्यान्वयन भएनन् भन्ने विषयमा मैले बुझ्नुपर्छ ।’ उनले संरचनाहरू हटाउने निर्णय नगरप्रमुखको हुने भएकाले त्यसको बारेमा आफूले बुझ्ने बताए । ‘संरचनाहरू हटाउने विषय नगरप्रमुखको निर्णयले हुने कुरा हो, कर्मचारीले सूचना निकाल्ने मात्रै हो’ उनले भने ‘त्यसको कार्यान्वयन किन भएन भन्ने विषयमा म नगरप्रमुखसँग बुझ्छु ।’

हाल गोदावरी नगरपालिकाका नगरप्रमुख, प्रवक्ता सहित ४ वडाअध्यक्ष काठमाण्डौंमा रहेका छन । खोलानालाको विषयमा बुझ्न खोज्दा प्रवक्ता गोपाल भट्टले काठमाण्डौंबाट फर्केपछि मात्रै बोल्ने बताएका थिए भने नगरप्रमुख बिरेन्द्र भट्टको फोन सम्पर्क हुन सकेन ।
नगरपालिकाले अरु पालिकाको सिको गर्दै तत्काल सूचना निकाल्ने गरेको भएपनि ति सूचना कार्यान्वयनमा भने उदासिनता देखाउने गरेको छ ।

राजमार्ग क्षेत्र आसपास निर्माण सामग्रीहरू राख्न नपाउने, नगरभित्र प्लास्टिकजन्य सामाग्री प्रयोग गर्न नपाउने लगायतका सूचना चर्चामा आएपनि कार्यान्वयनमा भने उपलब्धि विहीन बनेका छन ।

भिडियो