खाेज्नुहाेस

चौकीडाँडा फल्टुडे सडक लथालिङ्ग

Image

अत्तरिया – प्रदेश गौरवकै आयोजनाको रुपमा अगाडि बढेको चौकीडाँडा–फल्टुडे सडक जिरो पोइन्ट देखि मालाखेती सेतो पुल सम्म निर्माण सुरु भएको तिन वर्ष बितिसकेको छ । सडकको पहिलो खण्डको २२ सय मिटर कालोपत्रेका लागि २०७७ साउन २० गते कालिका कन्स्ट्रक्सन सँग ठेक्का सम्झौता भएको थियो ।

एडीबीको ऋण सहयोगमा गोदावरीमा निर्माण गरिने ६ वटा सडकमा चौकीडाँडा–फल्टुडे सडकको जिरो पोइन्ट निर्माण गरिने भनिएपनि हालसम्म सडक कालोपत्रे हुन सकेको छैन । सडक निर्माणका लागि ३ पटक म्याद थपिसकिएको छ ।

add everest academy
attariya hospital

सो सडक अगाडि बढाउने क्रममा मालाखेती सेतो पुलदेखि प्रदेश सरकार अन्तरगतको भौतिक पूर्वाधार विकास कार्यालय धनगढीले २०७७ भदौ १८ गते एड्भेन्चर, थेगिङ, सनलाइट जेभी सँग ठेक्का सम्झौता गरको थियो । गोदावरीको वडा नम्बर १० को कार्यालय सम्म अढाई किलोमिटर सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरिएपनि सो सडक पनि लथालिङ्ग छ । ५ करोड ८४ लाखमा ठेक्का सम्झौता भएको सो सडक निर्माणका लागि पटकपटक म्याद थप्दा पनि ठेकेदारले हालसम्म नाली निर्माणको काम पनि पुरा गर्न सकेका छैनन् ।

दुई योजना लथालिङ्ग हुँदै गर्दा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयले थप सडक कालोपत्रे गर्न वडा नम्बर १० को कार्यालय देखि बान्द्रेखाल सम्म ३ किलोमिटर कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको छ । २०७९ चैत्र १८ गते भएको सम्झौता अनुसार उक्त सडक १८ महिना भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएपनि सो सडक पनि निर्माण अवधिमा सकिने छाँटछाँट छैन ।
उक्त सडक निर्माणका लागि तेडी निर्माण सेवा सँग ५ करोड ७६ लाख भ्याट बाहेक ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका सञ्चालक दिल बहादुर ओलीले जेठ सम्म कालोपत्रे सक्ने दावी गरेका छन । यद्दपी हाल सडकको ४० प्रतिशत पनि काम सकिएको छैन ।

चौकीडाँडा–फल्टुडे सडकका तिन वटा योजनाले गति लिन नसक्दा हाल संघीय सरकार मातहत रहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरबाट थप ८ सय मिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेर काम अगाडि बढाइसकेको छ । बान्द्रेखाल देखि गौडी सम्मको सडक निर्माणको काम भने सन्तोषजनक रहेको वडा नम्बर १२ का वडा अध्यक्ष भीम बहादुर खड्काले बताए । उनले जिरो पोइन्ट देखि बान्द्रखाल सम्मका ३ योजना भने लथालिङ्ग रहेको भएपनि बान्द्रेखाल देखि गौडी सम्मको सडकको काम भने सन्तोषजनक रहेको बताए ।

attariya technical collage

‘चौकीडाँडा फल्टुडे सडक ठेकेदारका कारण अलपत्र छ । जिरो पोइन्ट देखि मालाखेती सेतो पुल सम्म क्षेत्रिय सहरी विकास कार्यालय मार्फत निर्माण भइरहेको २२ सय मिटर सडक लथालिङ्ग अवस्थामा छ’ उनले भने ‘त्यो माथि निर्माण गरिरहेको थिगिङ्को काम पनि अलपत्र छ । ठेकेदार लापत्ता छ । पटकपटक पूर्वाधार कार्यालयमा झकझक्याउँदा पनि काम गरिएको छैन ।’

चौकीडाँडा फल्टुडे सडकमा चार वटा योजनाको काम नसकिएपनि थप गौडी भन्दा माथि संघीय सरकारको सहरी विकास मन्त्रालयबाट ४ किलोमिटर सडक कालोपत्रेका लागि प्रक्रिया अगाडि बढेको उनले बताए ।

navjiwan hospital


गोदावरीको वडा नम्बर ११ का अध्यक्ष प्रेम सिह बडैलाले सडक नबन्दा ओलानी क्षेत्रका जनताले निकै सास्ती खेप्नु परेको बताए । ‘यस क्षेत्रका मान्छे नभएर हो की नेता नै नभएर हो भन्ने पनि महसुस हुन्छ । तर, हामी कति लागेका छौ त्यो हामीलाई थाहा छ । यहाँका मान्छेलाई हेपेर हो की, हामी मानिस नै कमजोर भएर हो । बस्ती नै कमजोर भएर हो । योजना आएका सडक पनि वर्षौ देखि कालोपत्रे भएका छैनन’ उनले भने ‘यहाँ ठेकेदारको चरम लापरवाहीका कारण समस्या भएको छ ।’

वडा नम्बर १० का वडा अध्यक्ष रविन्द्र शाहीले पटकपटक घचघच्याउँदा पनि ठेकेदारले काम नगरेको बताए । ‘यो क्षेत्रमा हामीले कुन जुनीको पाप भोगिरहेका छौै कि जस्तो पनि लाग्छ । जति ठेकेदार आएपनि उस्तै आउन्छन । हामीले पटक पटक घचघच्याउँदा पनि ठेकेदारले काम गर्दैनन’ उनले भने ‘काम नगर्ने ठेकेदारको ठेक्का तोडेर कालोसुचिमा राखिनुपर्छ ।’ उनले सडक कालोपत्रे नहुँदा आवतजावतमा निकै समस्या हुने गरेको बताए ।

‘यो सडकमा १ सय अटो नै चल्थे । तर, अहिले ५/७ अटो मात्रै बाँकी रहेका छन । यस क्षेत्रको सडकको दुरावस्थाले अटो बिग्रेकै खर्च धान्न नसकेर अटो चालक पलायत भएका छन’ उनले भने ‘एम्बुलेन्स पनि चलाउन सक्ने अवस्था छैन । मोटरसाइकल ६ महिनामै चलाउन नमिल्ने हुन्छ ।’

उनले सडक राम्रो नहुँदा यस क्षेत्रमा उत्पादन भएका कृषि उपज ढुवानीमा समस्या भएको बताए । ‘हाम्रो निधार नै खराब हो की यस्ता यस्ता ठेकेदार फेला पर्छन् । कसरी ठेकेदारमा सद्बुद्धि आउने हो हामी निकै निरास भएका छौ’ उनले भने ‘ठेकेदारले समयमा काम गरिदिए फूलको माला लगाउने थियौ ।’

स्थानीय अक्कल बहादुर रावलले सडक निकै अगाडि निर्माण भइसक्नु पर्ने भएपनि ढिलासुस्ती भएको बताए । उनले पछिल्लो समय ठेक्का भएर पनि सडक अलपत्र पर्नुको कारण ठेकेदारकै कमजोरी भएको बताए ।

भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियर जनक रोकायाले सडक निर्माणको काम निकै सुस्त भएको बताए । उनले ठेकेदारलाई काममा तिव्रता दिन घचघच्याउने काम भइरहेको बताए ।

भिडियो