अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले २०८४ सम्ममा प्रति व्यक्ति आय २ हजार डलर पु¥याउने लक्ष्य लिएको छ । नगरपालिकाले प्रथम आवधिक विकास योजना (२०८०/०८१ – २०८४/०८५) सार्वजनिक गर्दै ५ वर्षमा प्रति प्रक्ति आय २ हजार डलर पुर्याउने लक्ष्य निर्धारण गरेको हो ।
हाल नेपालको प्रतिव्यक्ति आय १ हजार ३९९ डलर रहेको छ । नगरपालिकाले सार्वजनिक गरेको प्रथम आवधिक विकास योजनाको आधाररेखामा आर्थिक वर्ष २०७९/०८० को प्रति व्यक्ति आय १ हजार ४ सय डलर राखिएको छ भने आर्थिक वर्ष ०८०/०८१ मा १ हजार ५ सय, ०८१/०८२ मा १ हजार ६ सय, ०८२/०८३ मा १ हजार ७ सय, ०८३/०८४ मा १ हजार ८ सय र ०८४/०८५ मा २ हजार डलर पुर्याउने लक्ष्य राखिएको छ । जुन नेपाली रुपैयाँमा २ लाख ६६ हजार २४७ हो । हाल नेपालको प्रतिव्यक्ति आय नेपाली रुपयाँमा १ लाख ८६ हजार २४० रहेको छ ।

प्रथम आवधिक विकास योजनाको अन्त्यमा नगरको आर्थिक वृद्धिदर ८.२ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । नगरको चालु आर्थिक वर्षको वृद्धिदर ७ प्रतिशत रहेको छ । यस्तै प्रथम आवधिक विकास योजनाको अन्त्य सम्ममा निरपेक्ष गरीबी १८.६ बाट १३ मा, रोजगारीको दर ५३.४ बाट ६५, बेरोजगारी ४६.४ बाट ३० प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ ।
यस्तै आवधिक योजनामा २०८४/०८५ सम्ममा दुध उत्पादन २४ हजार ५३६ लिटरबाट ४० हजार लिटर, मासु उत्पादन २२ लाख ८७ हजार २१५ किलोग्रामबाट ३० लाख किलोग्राम, छाला उत्पादन चालु आर्थिक वर्षमा १० पुर्याएर ३० प्रतिशत, सहकारी संस्था ४४ बाट ६५, सिञ्चित क्षेत्र २ हजार ९७ हेक्टरबाट ८ हजार ५ सय, व्यवसायिक उत्पादनमा संलग्न कृषक ३४० बाट ९ सय पुर्याउने लक्ष्य नगरको प्रथम आवधिक विकास योजनामा राखिएको छ ।
साक्षरता दर ९२ प्रतिशत
नगरपालिकाले प्रथम आवधिक विकास योजनामा आर्थिक वर्ष २०८४/०८५ सम्ममा साक्षरता दर ९२ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । नगरको २०७९/८० को साक्षरता दर ७९.४ प्रतिशत रहेको छ । जसमा महिला साक्षरता दर २० बाट ९५ र पुरुष साक्षरता दर ८७.८ बाट ९५ पुर्याउने लक्ष्य राखिएको छ । योजनामा खुद भर्नादर ५६.३३ प्रतिशतबाट ७० पु¥याएर अनलाइन शिक्षा लिन विद्यार्थी ३० प्रतिशत र प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थी ३५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ।
त्यस्तै योजनामा बालविवाह चालु आर्थिक वर्षमा ५० प्रतिशत कम गरेर २०८४/०८५ सम्ममा ५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ ।
२ सय किलोमिटर कालोपत्रे
नगरपालिकाले प्रथम आवधिक विकास योजनामा आर्थिक वर्ष २०८४/०८५ सम्ममा २ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । नगरमा हाल ९६ किलोमिटर सडक मात्रै कालोपत्रे रहेको छ । नगरमा हाल १२ महिना यातायात सुचारु हुने सडक २६० किलोमिटर रहेकामा त्यसलाई २०८४/०८५ सम्मका ३७५ पुर्याउने लक्ष्य राखिएको छ । नगरमा हाल १५० किलोमिटर सडक ग्राभेल गरिएकोमा त्यसलाई २०८४/०८५ सम्ममा ३ सय किलोमिटर पुर्याउने लक्ष्य राखिएको छ ।

यस्तै हाल धुले सडक ४५ किलोमिटर रहेकोमा त्यसलाई ५ किलोमिटरमा झार्ने लक्ष्य राखिएको छ । नगरमा राष्ट्रिय राजमार्गको महुंच १८ किलोमिटर रहेकोमा त्यसलाई ८० किलोमिटर पुर्याउने लक्ष्य राखिएको छ । यस्तै सडक नाली १० किलोमिटरबाट बढाएर ४० किलोमिटर पुर्याउने लक्ष्य राखिएको छ ।
योजनामा भौतिक पूर्वाधार विकास अन्तरगत एलपी ग्यास प्रयोग गर्ने परिवार २०८४/०८५ सम्ममा ६५ प्रतिशत पु¥याउने, दाउरा प्रयोग गर्ने ५४.२ बाट झारेर ३० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ।
आवधिक योजनामा विद्यालय भवन १६५ बाट बढाएर १७५, सबै वडाका भवन निर्माण गरिसक्ने, शौचालय भएका घर २० हजार ४७३ बाट २१ हजार २०० पुर्याउने लक्ष्य राखिएको छ ।
आवधिक योजनामा सञ्चारको कुनै एक साधन उपलब्ध परिवारको जनसंख्या ९७ बाट बढाएर ९९ प्रतिशत, इन्टरनेट सेवा प्रयोग गर्ने जनसंख्या ३ हजार १९९ बाट बढाएर ४ हजार ५ सय, ल्याण्डलाई सुविधा ५०५ बाट बढाएर ७ सय, इन्टरनेट भएका विद्यालयको संख्या ७० र स्थानीय पत्रिकाको संख्या ८ पुर्याउने लक्ष्य राखिएको छ ।
हरियाली क्षेत्र ८० प्रतिशत
नगरपालिकाले प्रथम आवधिक विकास योजनामा आर्थिक वर्ष २०८४/०८५ सम्ममा हरियाली क्षेत्र ८० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । रुख विरुवाले ढाकेको हरियाली क्षेत्र हाल ६४ प्रतिशत अर्थात १ लाख ८ हजार ५३१ हेक्टर रहेकोमा २०८४/०८५ सम्ममा १ लाख २५ हजार हेक्टर पुर्याउने लक्ष्य राखिएको छ । यस्तै वनमा आधारित उद्योग तथा व्यवसाय ३७ बाट १ सय पुर्याउने लक्ष्य राखिएको छ ।
हाल व्यवस्थित सामुदायिक वन क्षोत्र १० हजार ८५३.१ प्रतिशतबाट बढाएर १२ हजार ५ सय, कवुलियत वनको क्षेत्र २०, निजी वन १०, आयमूलक कार्य सञ्चालित वन क्षेत्र २०, जैविक विविधता युक्त क्षेत्र ७० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ।
८२ नीति, १५ ऐन बनाइने, बजेट १४० करोड पुर्याइने
आवधिक योजनामा सुशासन तथा संस्थागत विकास अन्तरगत आर्थिक वर्ष २०८४/०८५ सम्ममा ८१ कानून तथा नीति र १५ ऐन बनाउने लक्ष्य राखिएको छ । हाल नगरमा ७७ कानून, नीति र १३ ऐन निर्माण गरिएका छन । यस्तै समग्र संस्थागत क्षमता स्वमूल्याकन प्राप्ताङ्क आवधिक योजनाको अन्त्य सम्ममा ९८ ल्याउने लक्ष्य राखिएको छ । गत आर्थिक वर्षमा नगरपालिकाले ८६.५ प्राप्ताङ्क पाएको थिया । यस्तै कुल खर्च जेठ मसान्त सम्ममा ६५.८८ प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ।
आवधिक योजनामा नगरको आन्तरिक आय पनि बढाउने लक्ष्य राखिएको छ । गत आर्थिक वर्षमा नगरपालिकाको आन्तरिक आय ११ करोड ५३ लाख ६ हजार रहेकोमा त्यसलाई बढाएर आवधिक योजनाको अन्त्य सम्ममा १४ करोड पुर्याउने लक्ष्य राखिएको छ । आवधिक योजनाको अन्त्यमा नगरको कुल वार्षिक बजेट १ सय ४० करोड (१ अर्व ४० करोड) पुर्याउने लक्ष्य राखिएको छ । नगरले चालु आर्थिक वर्षमा १ सय १० करोडको बजेट ल्याएको थियो ।
आवधिक योजनामा नगरपालिका खाद्यान्नमा आत्मनिर्भर हुने लक्ष्य लिइएको छ । नगरका १२ वटै वडा कृषि बालिका लागि उपयुक्त भएकाले यो लक्ष्य पुरा हुने जनाइएको छ । नगरपालिका हाल खसी, बोका निर्यात गर्दै माछा मासु तथा दूधमा आत्मनिर्भर रहेको आवधिक योजनामा उल्लेख छ ।
यस्तै गोदावरीको गोदावरी धाम, मष्टाधाम, बुढितोला, बन्देखाल, भल्का तथा नायलमा पर्यटनको आवागमन भइरहेको आवधिक योजनामा जनाइएको छ । यस्तै नगरमा उद्योगका लागि ढुङ्गा, गिट्टी, बालुवा प्रयाप्त भएको, सिमेन्ट उत्पादनको लागि पर्याप्त चुनढुङ्गा भएको वेत, बाँसका सामग्री तथा सालका पातको टपरीका लागि पर्याप्त सामाग्री भएको आवधिक योजनामा उल्लेख छ ।
गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टले नगरपालिकालाई आगामी ५ वर्षमा कहाँ पुगाउने भन्ने उद्देश्यले पहिलो पटक नगरको आवधिक विकास योजना निर्माण गरिएको बताए । उनले आवधिक योजनामा टेकेर वार्षिक बजेट निर्माण गरिने बताए ।

















