अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको मुद्दा सर्वोच्च अदालतको हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीस डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको सयुक्त इजलासमा शुक्रबार मुद्दाको पेशी तोकिएको भएपनि मुद्दा समय अभावका कारण हेर्न नभ्याइनेमा परेको हो ।
भदौ १५ गते गोदावरी नगरपालिकाले सर्वोच्चमा दायर गरेको मुद्दाको यसअघि असोज १४ गते र मंसिर १ गते पेशी तोकिएको थियो । अदालतले अर्को पेसी माघ ५ गतेका लागि तोकेको छ ।


नगरपालिकाले नदीजन्य पदार्थको रोयल्टी संकलन गरेको मल्टि ट्रेड प्रालिले करार सम्झौता उल्लंघन भएकाले रकम फिर्ता र क्षतिपूर्ति भराइ पाउ भनेर सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दा जिल्ला अदालत कैलाली, उच्च अदालत दिपायल हुँदै सर्वोच्चमा पुगेको हो । यसअघि जिल्ला अदालत र सर्वोच्च अदालतले आर्थिक वर्ष २०७५/७६ मा गोदावरीका नदीहरूबाट रोयल्टी संकलन गरेको मल्टि ट्रेड प्रालिको पक्षमा फैसला गर्दै गोदावरी नगरपालिकालाई ४ करोड ४२ लाख ९० हजार ६९८ रुपैयाँ क्षतिपुर्ती दिन फैसला गरेको थियो ।
सम्बन्धित समाचार : गोदावरीको मुद्दामा आज पेशी
















